मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली पासपोर्टको वजन बढाइने छः परराष्ट्र मन्त्री (भिडियो)

नेपाली पासपोर्टको वजन बढाइने छः परराष्ट्र मन्त्री (भिडियो)


टेक्सस (अमेरिका) – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली राहदानीको वजन बढाउन सरकार सकृयताका साथ लागिरहेको बताएका छन् ।
 
शनिबार ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको आर्थिक अवस्थामा परिवर्तन, क्षमतामा व्यापक विस्तार गर्न सकेको खण्डमा नेपालप्रतिको छवीमा अन्तर्राष्ट्रिय जगतमा फेर्न सकिने बताए । ‘हामीले नेपाली पासपोर्टको अहिलेको ३२ पेजलाई ६४ बनाएर वजन बढाउने भनेको होइन, नेपालको आर्थिक विकास गरेर हो,’ उनले भने ।
 
नेपालीहरु प्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय जगतमा सकारात्मक नभएकै कारण नेपालको पासपोर्ट कमजोर भएको हो । संसारमा सबैभन्दा बलियो पासपोर्टका रुपमा सिंगापुरलाई लिइन्छ । सिंगापुरको पासपोर्ट वाहकलाई संसारका एकसय २७ देशमा निशुल्क भिसा, ३९ देशमा अन–अराइभल भिसा दिइन्छ भने ३२ देशमा मात्र भिसा लिनुपर्छ । 
 
तर नेपाली राहदानी बाहकले एकसय ५१ देशका लागि पहिलेनै भिसा लिनुपर्छ भने ३३ देशमा मात्र अन–अराइभल भिसा दिइन्छ । 
 
नेपालको आर्थिक अवस्था कमजोर रहेका कारण पासपोर्टको वजन पनि कमजोर भएको हो । ‘नेपाली भनेका पासपोर्ट समेत मिल्काएर अन्य देशमा शरण लिन इच्छा राख्ने जात हो भन्ने अवधारणलाई हटाउन सरकार लागिपरेको छ,’ उनले भने । उनले अबको १०/१२ वर्ष देशको आर्थिक विकासमा मात्र केन्द्रित रहनेगरि अघि बढेको पनि बताए । 
 
‘हामीले ७० वर्षसम्म राजनीतिक लडाई गर्यौं, २० वर्ष द्वन्द्वमै बितायौँ । अबको हाम्रो ध्यान राजनीतिक मतभिन्नताबीच पनि आर्थिक समृद्धि हाँसिल गर्नेतिर हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । २०५२ सालमा तत्कालिन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा जन्मिएको व्यक्ति अहिले २३ वर्षको वयस्क भैसकेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एउा सिङ्गै पुस्ताको जीवन द्वन्द्व र संक्रमणकालका नाममा बितेकोले अब त्यतातिर कसैको पनि सोचाई जान नहुनेमा जोड दिए । 
 
वर्तमान सरकार गठन भएयता भारत र चीन दुबैसँग आपसी हितका आधारमा अधिकतम फाइदा हुनेगरि अघि बढिरहेको, बिभिन्न देशहरुसँग श्रम सम्झौता गरेर नेपालीहरुलाई बढी आर्थिक लाभ दिलाउने तर्फ नीति रहेको, एनआरएनसँग भएका शीप र पूँजी भित्राउन दोहोरो नागरिकता, दोहोरो करमुक्त सम्झौताका धेरै प्रकृयाहरु अघि बढेको उनले जानकारी दिए ।
 
संस्थाका उपाध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय संयोजक रामचन्द्र भट्टको स्वागत मन्तव्य रहेको थियो । सो अवसरमा नेजाकोतर्फवाट परराष्ट्रमन्त्री ज्ञवालीसमक्ष अमेरिका आउने नेपाली प्रतिनिधि मण्डलको टोलीमा पत्रकारको समूहमा अमेरिकामा रहेका नेपाली पत्रकारलाई समेत सहभागि गराउन अनुरोध गरिएको थियो । त्यो अवसरमा मन्त्री ज्ञवाली आफू यसमा सकारात्मक रहेको र नेजासग यस वारेमा छलफल गर्ने बताएका थिए ।