मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गरौँ : उपनेता गच्छदार

राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गरौँ : उपनेता गच्छदार


विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । 
 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरे । 
 
नेता गच्छदारले राष्ट्रविरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए । 
 
देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उनले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए । 
 
एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काँग्रेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे । 
 
अर्को फरक प्रसङ्गमा उनले नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताउँदै आगामी दशैँअगाडि दुवै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे । रासस

शेयर गर्नुहोस:

0
Shares