मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अाइतबार ड्यालसमा अन्तराष्ट्रिय नेपाली साहित्यकारहरूको जमघट

अाइतबार ड्यालसमा अन्तराष्ट्रिय नेपाली साहित्यकारहरूको जमघट


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस)। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित टीमको पदस्थापना कार्यक्रम यही अाइतबार टेक्ससको ड्यालसमा हुने भएको छ ।
 
गत महिना भएको निर्वाचनबाट चुनिएका पदाधिकारीहरूको शपथ ग्रहण सहितको पदस्थापना कार्य्रकम अाउँदो अाइतबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुन लागेको हो ।
 
संसारभर रहेका नेपालीभाषी साहित्यकारहरूको संस्था अनेसासको नव निर्वाचित पदाधिकारीहरूको पदस्थापना समारोह अमेरिकामा हुन लागेको हो । पदस्थापना कार्यक्रममा नव निर्वाचित अध्यक्ष राधेश्याम लेकाली सहितका धेरै साहित्यकारहरूको ड्यालसमा जमघट हुँदैछ । 
 
अनेसास निर्वाचन समितिका प्रमुख भीम कार्कीका अनुसार अइतबार बिहान ११ बजेदेखि कार्यक्रम सुरू हुनेछ । ड्यालसमा रहेका नेपालीहरूका लागि यति वृहद साहित्यिक कार्यक्रम राख्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै कार्कीले कार्यक्रममा सहभागी हुन नेपाली समुदायसँग अनुरोध गरेका छन् ।
 
अनेसास ड्यालस च्याप्टरको संयोजनमा पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम हुन लागेको हो । अनेसास ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले प्रवासको नेपाली साहित्यमा यस प्रकारको कार्यक्रमले निकै महत्व राख्ने भएकाले सबैमा उपस्थितिका लागि अग्रह गरेका छन् । 
 
गत महिना भएको अनेसासको निर्वाचनले आगामी दुइवर्षे कार्यकालका लागि लेकालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनले वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरूमा अमेरिका क्षेत्रबाट शान्तिराम ढकाल, अष्ट्रेलियाबाट भीमसेन सापकोटा, युरोपबाट सुनिल सङ्गम, एसियाबाट निशा अर्याल निर्वाचित भएका थिए । 
 
त्यस्तै महासचिवमा गणेश घिमिरे,  सचिवमा लालगोपाल सुवेदी, कोषाध्यक्षमा विकास विष्ट एवं  सदस्यहरूमा सानु घिमिरे, लक्ष्मी राई र अग्निप्रसाद पराजुली निर्वाचित भएका थिए ।
 
नेपाली समाज टेक्सस समेतको सहयोग र समन्वयमा नेपालीभाषी साहित्यकारहरूको जमघट ड्यालसमा हुन लागेको हो ।