लसएन्जल्स (अमेरिका) । अमेरिकामा बस्ने नेपालीहरुले अमेरिकाको बिभिन्न भागमा इन्द्र जात्रा पर्व मनाउने क्रममा सोमबार लसएन्जलसमा मनाइएको छ ।
सेप्टेम्बर २३ मा मेरिल्याण्डमा इन्द्र जात्रा मनाइएको थियो । लसएन्सलसमा भने नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले इन्द्र जात्रा (येँया पुन्हि) मनाएको छ । मेरिल्याण्डमा जात्रा मनाउने क्रममा कलाकारहरूले देवी रूक्मन, भगवान श्री कृष्ण, वशुन्धरा देवी, ईन्द्र महाराज, तान्त्रिक माली, गुणकामदेव मल्ल राजा, महान् तान्त्रिक, लाखे, ज्यापु दाजु, ज्यापुनी छोरी, मनुष्यको भेषमा लाखे, त्रिपुरा सुन्दरी भगवती, जिवित कुमारीको रूपमा प्रस्तुति गरेका थिए । लस एन्जल्समा नेवारी खानाको साथमा पुजा गर्दै जात्रा मनाइएको थियो ।
नेपालमा यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेललगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारी संस्कतिको महत्वपूर्ण पर्व हो ।
जात्राको अवसरमा विदेशीहरू माझ समेत आकर्षक खानाको रूपमा रहेको समय बजि खाने गरिन्छ । यो नेवारी समुदायको पारम्परिक परिकार हो ।
इन्द्र जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुन्छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो वा ध्वजाको स्थापना हो। समय बजिको नेवारी शाब्दिक अर्थ नास्ताको रूपमा खाने चिउराको परिकार हुन्छ ।
नेवा: अर्गनाइजेसनले प्रवासमा आफ्नो संस्कृतिलाई निरन्तरता दिने उद्देश्य अनुरूप म्ह: पूजा, यमरी पूजा लगायतका कार्यहरू समेत वार्षिक रूपमा गर्दै आइरहेको छ ।
ड्यालसको नेवारी समुदायले अाइतबार इन्द्रजात्रा मनाउँदैछन् ।
प्रतिक्रिया