हिमालयखबर संबाददाता-
ह्युस्टन, टेक्सास । ग्रेटर ह्युस्टनका नेपालीहरुमा यतिबेला गजबको उत्साह र सक्रियता देखापरेको छ । त्यो उत्साह र सक्रियता धार्मिक र सांस्कृतिक भावनाले अभिप्रेरित देखिन्छ । गत वर्ष यहाँको रिचमण्डमा अवस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर र त्यस अन्तरगतरहेको जमीन नेपालीहरुले आफ्नो स्वामित्वमा लिएपछि नेपाली समुदायमा एकप्रकारको अपनत्वको खुशी अनि गर्व देखिएको हो । झन् हालैमात्र नेपालबाट आइपुगेका भगवान गणेश, राधाकृष्ण र दुर्गाका आकर्षक मूर्तिहरुको प्राण – प्रतिष्ठा गर्ने कार्यक्रमलाई भव्य बनाउन दशैंको घटस्ठापनादेखि नै पाँचदिनको विशेष कार्यक्रमहरु आयोजना गरिएको छ ।
आयोजित सो कार्यक्रममा समुदायको भव्य उपस्थितिकोलागि आह्वान गरिएको जानकारी एनएएचका सचिव विष्णु नेपालले दिएका छन् । आगामी अक्टुबर १० – १४ सम्म आयोजना गरिने प्राण-प्रतिष्ठा कार्यक्रम निम्नानुसार राखिएको सूचना हिमालयखबरलाई प्राप्त भएकोछ ।
अक्टुवर १० :
घटस्थापना पुजा -बिहान १० बजे
मूर्ति प्राण -प्रतिष्ठा – बिहान ११ बजे
महाप्रसाद वितरण – दिउँसो १ बजे
भजन किर्तन – साँझ ६ बजे
अक्टुवर ११ :
देवी कथा – बिहान दशबजेदेखि
भजन किर्तन – साँझ ६ बजे
अक्टुवर १२ :
देवी कथा – बिहान १० बजेदेखि
भजन किर्तन – साँझ ६ बजे
अक्टुवर १३:
देवी कथा – बिहान १० बजे
भजन किर्तन – साँझ ६ बजे
अक्टुवर १४ :
विशेष प्राण-प्रतिष्ठा पूजा – बिहान ११ बजे
मूर्ति अनावरण – ११. ३० बजे
महाप्रसाद वितरण – १२.३० बजे
स्वयमसेवी दिन / दशैं उत्सव:
अपनत्व र सामुदायिकताको भावना जगाउँदै प्राण-प्रतिष्ठा कार्यक्रमलाई व्यवस्थित बनाउन आगामी अक्टुवर ७ लाई मन्दिर परिशरमा सामुदायिक सेवा दिन मनाउने कार्यक्रम राखिएको कुरा मन्दिर व्यवस्थापन समितिले जनाएकोछ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिएको उक्त सेवा दिवसमा मन्दिरको सरसफाई ,मर्मत संभार र गुलाफका विरुवा रोपण गरिनेछ । यो पुनित कार्यमा स्वयम् सेवा गर्न यहाँको नेपाली समुदायलाई एनएएच र मन्दिर व्यवस्थापन समितिले आह्वान गरेकोछ ।
त्यसैगरी अक्टुवर १३ को साँझलाई विजया दशमी उत्सवको रुपमा मनाउन रात्री भोज र रमाइलो सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । त्यस अवसरमा स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् भने निर्वाचन समितिले नेप्लिज एशोसियसन अफ ह्युस्टनको नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्ने कुरा जनाइएको छ ।
प्रतिक्रिया