बिश्व घटना

सत्य – स्वरुप सांगीतिक साँझ लस एञ्जलसमा हुदै

सत्य – स्वरुप सांगीतिक साँझ लस एञ्जलसमा हुदै


लस एञ्जलस (अमेरिका)- अमेरिकाको सांगीतिक यात्रामा रहनुभएका गायकद्वय सत्यराज आचार्य तथा स्वरुपराज  आचार्यले लस एञ्जलसमा समेत आफ्नो प्रस्तुति दिने भएका छन् ।
 
लस एञ्जलस हिमालयन लायन्स क्लब तथा नेपाल  अमेरिका एकता समाजको संयुक्त आयोजनामा "सत्य-स्वरुप सांगीतिक साँझ " कार्यक्रम यहि सेप्टेम्बर महिनाको २८ तारिख शुक्रबार आयोजना गर्न लागिएको हो।
 
लस एञ्जलस आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा आयोजना हुने  सांगीतिक साँझ कार्यक्रममा अथिति कलाकारका रुपमा  गायक नरेन्द्र प्यासीको समेत बिशेस प्रस्तुति रहने छ ।
झन्डै एक महिना  देखि  दाजुभाईको यो जोडीले (सत्य र स्वरुपराज  आचार्य) अमेरिकाका विभिन्न राज्यहरुमा आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै आएका छन् ।