बिश्व घटना

डा. भट्टराइको उपस्थितिमा शनिबार ड्यालसमा कार्यक्रम हुँदै

डा. भट्टराइको उपस्थितिमा शनिबार ड्यालसमा कार्यक्रम हुँदै


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइ शुक्रबार  ड्यालस अाउँदैछन् ।
 
अमेरिकाका बिभिन्न शहरमा रहेका नेपालीहरूसँग अन्तरकृयाका लागि डा. भट्टाराइ अमेरिका अाएका हुन् । दुइ दिन अघि राजधानी वासिङटन डिसीमा नेपाली समुदायसँग छलफल गरेका थिए । 
 
एनअारएन टेक्ससको अायोजनामा शनिबार ड्यालसमा भट्टराइले अन्तरकृया गर्नेछन् । दिउँसो ४ नेपाली समाजको हलमा कार्यक्रम हुनेछ । 
 
भ्रमणको विरोधः
डा. भट्टराइको अमेरिका भ्रमण सहज नहुने परिस्थिति देखिएको छ । नेपाली समुदायका केही व्यक्तिहरू पुर्वप्रधानमन्त्री भट्राईलाई स्वागत होइन विरोध गर्ने पक्षमा छन् । एनअाएनकै केही पदाधिकारीहरूले डा. भट्टराइको विरोध गरिरहेका छन् । 
 
एनआरएन अमेरिकाका कार्यसमितिका सदश्यहरुले नैभट्टराई को कार्यक्रमको विरोध गरेका छन् ।  यी सोसियल मिडियामा पनि आएका छन् । 
 
अमेरिकामा बस्दै अाएका कयौं र तिनका परिवार माओवादी युद्धमा पीडित भएकालेपनि उनी प्रति थुप्रै प्रश्नहरु छन् । नेपाली समुदायसंग अन्तकृया गर्ने भनेर पुर्व प्रधानमन्त्री भट्टराई एक महिना लामो अमेरिका भ्रमणमा आएका हुन् । केही स्थानमा नेपाली कांग्रेस समर्थक र माओवादी पिडितले भट्टराईको कार्यक्रममा विरोध जनाउने तयारी गरेका छन् ।
 
माओवादी द्धन्द्धको क्रममा हजाराै नेपाली कांग्रेस समर्थक विस्थापित भएका थिए । केहीलाई साह्रै निर्दयी रुपमा हत्या गरिएको थियो । यसमा लम्जुङका स्कुल हेडमास्टर मुक्तिनाथ अधिकारी पनि पर्छन ।
 
नेपाली राजनीतिमा डा भट्टराइको सार्दभिकता सकिएको र उनी अब प्रधानमन्त्री हुने अवस्था पनि नहरेको बताउनेहरु पनि छन् । माओवादी युद्धका वेला सामुहिक खेती कम्यून लगायत थुप्रै प्रयोगहरु भएका थिए । तर, माओवादी सत्तामा आएपछि ती सबै समाप्त भए । 
 
माओवादी नेताहरु केही वर्ष यता सुविधा सम्पन्न जीवन यापन गर्दै छन् । केहीलाई भष्ट्रचारको आरोप पनि लागेको छ । भनाई र गराईको फरकले पनि बाबुराम लगायत उनको बिचारको सान्र्दभिकता सकिएको हो ।
 
संसदको गत निर्वाचनमा नेपाली कांग्रेसकै समर्थनमा डा बाबुरामले जितेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले गोरखा पुगेर भट्टराइको पक्षमा भोट मागेका थिए । जसले गर्दा उनले जितेका थिए । 
 
अहिले बाबुराम र कांग्रेसका बीच अघोषित एकता छ । त्यसैले यो बेला अमेरिकामा नेपाली कांग्रेस समर्थकले डा बावुरामलाई विरोध गर्नुको कुनै तुक र औचित्य छ छैन भन्ने कुरा पनि उठेको छ । 
 
नेपालवाट आउने राजनीतिक नेताको अमेरिकामा विरोध नयाँ भने होइन । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराललाई न्यूयोर्कमा कालोझण्डा देखाईएको थियो । एमालेका मन्त्री रविन्द्र अधिकारीलाई हत्या अभियोग लागेका बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिएकोमा जनसम्पर्क समितिले ज्ञापन पत्र वुझाएको थियो ।