मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

बदलिँदो तीज

बदलिँदो तीज


आँगनबाट फड्केर सात समुन्द्र पारि
 तीज उस्तै गरि उर्लन्छ भदौरे भेलमा 
तिथी मिती  अनि रिति त उस्तै नै त हुन्  
मात्र थिती बदलिन्छ अनेकौ भेषमा I
 
आमा तिमी पनि बदलिएकै त छौ नि 
न घिउ, न पोकामा आनती साँचेकी छौ 
न दर खान औंसीको आधा रात कुर्नुपर्छ
छोरीको बाटो नहेरी बुहारीसँग नाचेकी छौ I
 
अब तिम्रो पालामा जस्तो मिठो खानलाई 
बर्ष दिनको तीज नै कुर्न पर्दैन मेरी आमा 
बेदनाको आवाजहरु उकेल्नका लागि
बाबाको आँगनी नै धाउन पार्दैन  मेरी आमा I
 
तीजमा मात्र हैन मैले चाल्ने हर पाइलामा 
माइतीको साथ् र घरको आँट चाहन्छु
तिरस्कार खेपेकी दिदीको मात्र हैन अब 
बलत्कार भोगेकी बैनीको न्याय चाहन्छु I
 
म बिन्ति गर्छु यो तीजमा,
छोरी चेली पीडित हुँदा कुर्लने बाबाहरु 
मेरो बाबाले जस्तै छोरी सक्षम बनाइ दिनु 
छोरीलाइ संघारभित्रै कैद गर्ने मेरा आमाहरु 
छोराहरुलाई राम्रो संस्कार  सिकाई दिनु ।
 
तीजमा निलाहार ब्रत बस्ने दिदीबैनीहरु 
छोरा,भाइ,भतिजा हरुक लागि प्रार्थना गरुन 
हक अधिकारका लागि लड्ने ती नारीहरु 
ठुला ठुला जमघटहरु अब झुपडी तिरै सरुन ।
 
प्लानो, टेक्सास