मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालीगण्डकीमा बिरामी बेपत्ता

कालीगण्डकीमा बिरामी बेपत्ता


म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । 
 
उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए । 
 
सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्ने क्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।