मकवानपुर । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संघीय सरकारदेखि प्रदेश सरकार नहच्किने बताएका छन् ।
संघीयतामा प्रदेशको शान्तिसुरक्षा र प्रदेश प्रहरी विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारसँग नबाझिने प्रदेशको ऐन बनाउन पछि नपर्ने बताए ।
प्रदेशको अधिकार संघले खोसेको आरोप लगाउ“दै उनले भने ‘अहिले प्रदेशको अधिकार संघीय सरकारले खोसेको छ । संघीय सरकारको यो कदमले संविधानसमेत मिचेको छ । संघीयतामा प्रदेशमा रहने प्रहरी ऐन कस्तो बनाउने भनेर प्रहरी नै बोल्ने बेला आएको छ ।’
उनले सुरक्षासम्बन्धी कानुन बनाइरह“दा प्रदेशका प्रमुख डिआईजी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी बोल्ने बेला आएको बताए । उनले आफ्ना कानुन आफैँ बनाउ“दा पछि राजनीतिक हस्तक्षेप भयो भन्न नपाइने बताए । छलफलपश्चात मात्रै ऐन बनाउने भन्दै उनले सुझबुझ तरिकाले प्रदेश प्रहरी ऐन बनाउने जनाए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अधिकार बराबर रहेको बताउ“दै उनले प्रदेश सरकार संविधान मिचेर अगाडि नबढ्ने जिकिर गरे । संघीयताप्रति जनताको विश्वासलाई ख्याल गर्दै प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय गरेर काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले शान्तिसुरक्षा कायम गर्न आफूहरु लागिपरेको बताए । कार्यक्रममा पूर्व एआईजी केदार साउद, नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालगायतले प्रदेश प्रहरी ऐनका विषयमा प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया