मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

राता सिपाहीहरू

राता सिपाहीहरू


कुटो,कोदालो मात्र हैन तिम्ले 
कापी कलम समेत बिसायौ 
मुक्तिको नाममा चुपचाप 
अर्काले थमाको बन्दुक समायौ ।।
 
हो उसले जे भन्छ या चाहन्छ 
बिना प्रबाह निरन्तर बगी रह्यौ 
गोलीगुन्टा सबै भिरेर तिमी 
रातारात, रातै सेनामा बदलियौ ।।
 
हो त्यो कलिलो मस्तिस्कमा उसले
बिद्रोह रोप्यो, तिम्लेनै हुर्कायौ 
अनि उम्लिन थाल्यो तातो रगत 
भाइ भाइ लाइ नै निशाना लगायौ ।
 
असक्त हुँदा मुटुमा ढुङ्गा राखेर 
आफ्नै सहयात्रीलाई गोली हान्यौ 
अन्धाधुन्द रगतको होली खेलेर 
जनमुक्ति का नारा घनकाइरह्यौ ।। 
 
राता सिपाहीहरू,
तिम्लाई थाहा छ कि छैन आज झन् 
कर्मभुमिहरु अझै उराठिएका छन् 
सजिलै पेट भर्नेलाई सामन्त देख्यौ हिजो 
नाइकेहरु आज महलमा पो  सजिएका छन्  ।।
 
हो राता सिपाहीहरु,
सायद  अब माटोले  नि बुझिसक्यो 
बन्दुकले परिबर्तन सम्भब हुँदैन 
बुद्ध जन्मेको देशमा अब ज्ञानबिना 
सत्ता र  संस्कारमा फेरबदल हुन्दैन ।
 
राता सिपाहीहरु,
कुनै गुनासो छैन ती निर्दोष आत्मासँग 
सक्छौ भने आमाको काखलाई माफ गर 
तिमी त परिबर्तनका लागि  नै लडेका थियौ 
एकफेर शान्तिको आँखाले माटो लाइ हेर ।।
 
(प्लानो, टेक्सस)