मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना   

नयाँ बर्ष यसरी आउ

नयाँ बर्ष यसरी आउ


बर्षौं बिन्ति गर्दा फेरेर आउन प्रसङ्ग 
फेरियो केवल अंक र उसको रंग 
चाल कछुवा होस् या खरायोसँग
गन्तब्य मा भरिएन कतै उमङ्ग II
 
अझै मातृभूमि टुक्रा पारेर आयौ
उजाड बस्तिमा फेरि जाल फाल्यौ 
जसको कलम खोसेर बन्दुक बोकायौ 
तिनै हातमा ढुकुटीको साँचो थमायौ II
 
टुकी बाल्ने तेल बिहिन छन् बस्तीहरु 
देश जोड्ने रेल खोज्दै छन् हस्तीहरु 
अझै भात्किन्दै छन बिश्वासका पुलहरू 
जताततै रोपिन्दैछन सपनाका फूलहरु II
 
फेरी पनि बिन्ति छ नयाँ बर्ष,
टुक्रियको घरको सपना जोडेर आउ 
भाइ भाइ बीचको कलह तोडेर आउ 
बाम राज्यमा राम राज्य सारेर आउ 
बुद्धको आँखामा अझै ज्योति भरेर आउ II
 

शेयर गर्नुहोस:

0
Shares