मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सरकारले चितवनमा यातायात व्यवस्था कार्यालय खोल्ने

सरकारले चितवनमा यातायात व्यवस्था कार्यालय खोल्ने


चितवन । सरकारले प्रदेश नं ३ अन्तर्गत चितवनको भरतपुर महानगर–१, आँपटारीस्थित सीमा सुरक्षा कार्यालय नजिकै यातायात व्यवस्था कार्यालय खोल्ने भएको छ । 
 
वनमन्त्री विक्रम पाण्डेको सक्रियतामा प्रदेश नं ३ को चितवन, मकवानपुर र धादिङलाई लक्षित गरी यातायात व्यवस्था कार्यालय खोल्न लागिएको हो । 
 
वनमन्त्री पाण्डेले भने, “आँपटारीमा मैले २ बिगाह ७ कठ्ठा जग्गा उपलब्ध गराएको छु । छिट्टै मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्छौं ।”
 
यसअघि यातायात व्यवस्था कार्यालय नारायणी अञ्चलको वीरगञ्जमा रहँदै आएको थियो । वीरगञ्ज प्रदेश नं २ मा परेपछि चितवन, मकवानपुर र धादिङ जिल्लालाई सहज हुने गरी चितवनमा खोल्न लागिएको मन्त्री पाण्डेले बताए । 
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीका अनुसार यातायात व्यवस्था कार्यालयको भवन निर्माण गर्नका लागि २ करोड १९ लाख रुपैयाँ विनियोजनसमेत भइसकेको छ । 
 
केही महिनाअघि स्थानीय विकास अधिकारीको नेतृत्वमा सकिति गठन भई कार्यालय खोल्ने जग्गा पहिचान गरी यातायात व्यवस्था विभाग र वन विभागमा सिफारिस गरेको थियो । चितवनमा यातायात व्यवस्था कार्यालय खुल्ने भएपछि धेरै सहज हुने विश्वास चितवनबासीले गरेका छन् ।