मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनमा पाँचौं औद्योगिक प्रदर्शनीको तयारी तीव्र

चितवनमा पाँचौं औद्योगिक प्रदर्शनीको तयारी तीव्र


चितवन । चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी सुरू भएको छ ।
 
चितवन उद्योग संघको आयोजनामा प्रत्येक दुई/दुई वर्षमा हुँदै आइरहेको यस प्रदर्शनी यसवर्ष चैत २३ गतेदेखि २७ गतेसम्म पाँच दिनमात्रै आयोजना हुन लागेको हो ।
 
निर्माणाधीन चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीलाई बृहत र प्रभावकारी बनाउन तयारी सुरू भइसकेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । प्रदर्शनीलाई व्यस्थित र भव्य बनाउन विभिन्न उपसमितिहरु गठनको तयारी भइरहेको र अन्य तयारीहरु अगाडि बढाइएको उनले जानकारी दिए ।
 
यसवर्ष प्रदर्शनीमा ७५ प्रतिशत उद्योगका स्टलहरु रहने छ भने बाँकी २५ प्रतिशतमात्रै व्यापारिक स्टलको रुपमा रहने अध्यक्ष दुवाडीले जानकारी दिए । 
 
प्रदर्शनीमा विशेषगरी उद्योगहरुले भित्र्याएका नयाँ–नयाँ प्रविधिहरुको प्रदर्शनी रहनेछ । त्यसका साथै यहाँका उद्योगहरुबाट उत्पादित वस्तुहरु पनि प्रदर्शनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । 
 
पाँचदिने प्रदर्शनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी काम अघि बढिरहेको अध्यक्ष दुवाडीले बताए । उनी भन्छन्, “यस वर्षको औद्योगिक प्रदर्शनी बिल्कुलै औद्योगिक प्रदर्शनीजस्तै हुनेछ, दर्शकहरुले अरु मेला महोत्सवभन्दा धेरै फरक महसुस गर्नेछन् ।” उनले अन्य जिल्लाहरुमा हुने औद्योगिक प्रदर्शनीभन्दा चितवनको प्रदर्शनी पृथक हुने दाबी गरे । 
 
चितवन प्रदर्शनी केन्द्रको अत्याधुनिक हलमा प्रदर्शनी गर्न लागिएको यस वर्ष प्रदर्शनीको समय केही पर धकेलिएको संघले जनाएको छ । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीहरुलाई सहुलियत टिकटको व्यवस्था गर्न लागिएको छ ।
 
प्रदर्शनीमा २५० भन्दा बढी स्टलहरु रहनेछन् । चितवन उद्योग संघले पहिलोपटक ०६६ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । त्यसपछि लगत्तै ०६८, ०७० र ०७२ मा प्रदर्शनी गरेको थियो ।