मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विट्क्वाईनको मूल्य ९ हजार डलरको हाराहारीमा झर्यो

विट्क्वाईनको मूल्य ९ हजार डलरको हाराहारीमा झर्यो


हिमालयखवर संवाददाता- 
 
डिजिटल मुद्रा बिट्क्वाईनको मूल्य बुधवार बिहान ९ हजार डलरको हाराहारीमा झरेको छ । निकै उतार चढाव हुँदै आएको बिट्क्वाईनको मूल्य एकै सातामा ३० प्रतिशतभन्दा तल झरेको हो ।
 
एक महिना पहिले बिटक्वाइनको मूल्य झण्डै २० हजार डलरको हाराहारीमा पुगेकत्र थियो ।
 
बिट्क्वाईनमा अहिले अमेरिकाका थुप्रै नेपालीले पनि लगानी गरेको छन् । सानो समयमा यसको मूल्य निकै माथि चढेकाले धेरै नेपालीलाई यसमा लगानी गर्न लोभिएका थिए । टेक्सस डलासमा विट्क्वाईनमा लगानी गर्ने थुप्रै नेपाली भेटिन्छन् ।
 
तर, कुनै जिम्मेवार निकाय नभएको कसैले अनुगमन नगर्ने डिजिटल मुद्रा विट्क्वाईनमा लगानी जुवा जस्तै हुदैं आएको छ । अहिले भने महँगो भएको वेला विट्क्वाईन किन्नेलाई जुवा जस्तै भएको छ । सिमित बचत छ भने विचार गरेर लगानी गर्न उचित हुने विज्ञहरूको सुझाव छ । 
 
बिट्क्वाईन मात्र होइन अन्य डिजिटल मुद्रा इथेरम र रिप्पलको मूल्य पनि निकै तल झरेको छ । विट्कोनेट डिजिटल मुद्राले गत सोमवारनै आफ्नो मूल्यको ९३ प्रतिशत गुमाएको थियो । 
 
डिजिटल मुद्रामा यस्तो उतार चढाव आउनुले केहीले सामान्य पनि भनेका छन् । विशेष गरी दक्षिण कोरियाले विटक्वाईन कारोबारलाई अवैध घोषणा गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि यसको मूल्य तल झर्न थालेको थियो । 
 
 
पछिल्लो पटक चीनका अधिकारीले पनि विट्क्वाईनको कारोबारलाई समित गर्ने सङ्केत दिएपछि मूल्यमा थप गिरावट आएको हो । जापानले पनि विट्क्वाईनलाई समिति गर्ने सङ्केत दिईसकेको छ ।