मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचित चौधरी पक्राउ पर्ने भए

निर्वाचित चौधरी पक्राउ पर्ने भए


काठमाण्डौं, पुस ९ ।

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट बिजयी रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

कैलालीका निर्वाचन अधिकृतले आफूलाई विजयको प्रमाणपत्र नदिएको भन्दै उनीविरुद्ध चौधरीद्वारा दायर रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई पक्राउ गरी कारबाही अघि बढाउन बाटो खुलेको हो । न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले वारेन्ट जारी भएको अवस्थामा फरार अभियुक्तविरुद्ध म्यादी पुर्जी जारी हुने जनाउँदै अभियुक्तलाई प्रहरीले जहिल्यै पक्राउ गरी अदालनमा दाखिल गराउन सक्ने आदेश दिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाई गर्न नसकिने भन्दै रिट नै दर्ता गर्न अस्वीकार गरेपछि चौधरीको वारेस मार्फत विजयी भएको प्रमाणपत्र पाउने आशा टुंगिएको छ ।

चौधरी राजपाका तर्फबाट कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तर, आफूलाई निर्वाचित भएको प्रमणपत्र नदिएको भदै उनले अदालतमा मुद्धा दायर गर्न लगाएका हुन् ।