मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता डा महतलाई लक्षित गरी एम्बुस बिस्फोट

कांग्रेस नेता डा महतलाई लक्षित गरी एम्बुस बिस्फोट


हिमालयखबर संवाददाता–  
नुवाकोट– नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतमाथि शुक्रबार बिहान लक्षित गरी ककनी गापा–५, डाडागाउँ शिकारीचौरमा एम्बुस बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् । 
 
सडकमा पुरेर राखिएको कुकर बम बिस्फोट गराइँदा बा. १६ च ६६५ नम्बरको स्कार्पियो गाडी सडकमै पल्टिँदा पाँच जना गम्भीर घाइते भएका हुन् । घटनामा उपेन्द्र मिश्र, सवीन लामा, एसकुमार तामाङ, लीला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए । 
 
ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेको टोलीमाथि एम्बुस आक्रमण भएको हो । बिस्फोटमा क्षेत्र नं. १ प्रदेश ख का कांग्रेस उम्मेदवार रमेशकुमार महत सवार गाडी भने एक मिटरले मात्र जोगिएको छ । ‘म चढेको गाडीभन्दा अगाडिको गाडी बिस्फोटमा परेको हो । एक मिटरले मात्र म जोगिएँ । तर, साथीहरु गम्भीर घाइते हुनुभयो’ महतले भने ‘कायरतापूर्वक आक्रमण भयो ।’
 
विस्फोट हुँदा डा. रामशरण महत चढेको गाडी भने पाँच सय मिटर पर पुगिसकेको थियो । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको जानकारी आएको छैन छैन । घटनास्थल परपर पनि कसैको केही पर्चा फेला परेको छैन ।
 
तर, राससले भने घटनाको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको उल्लेख गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरमा राखी उपचारको लागि राजधानी लगिएको छ ।