मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

टेक्ससमा साहित्यकारहरुको जमघट

टेक्ससमा साहित्यकारहरुको जमघट


ड्यालस (टेक्सस) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नियमित रुपमा आयोजना गर्दै आएको मासिक साहित्यीक भेटघाट कार्यक्रम आइतबार नेपाली मन्दिर अर्बिङमा सम्पन्न भएको छ ।
 
साहित्यकार चन्द्रकान्त अर्याल तथा महेन्द्र चालिसेको आतिथ्यतामा भएको उक्त भेटघाट कार्यक्रममा स्थानीय साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेका थिए । अतिथी चालिसे नेपालका चर्चित साहित्यकार रमेश विकलका छोरा हुन् । 
 
अनेसास टेक्सस च्याप्टरका अध्यक्ष बासु शर्माको सभापतित्व तथा कपिल अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । त्यस अवसरमा कवि तथा कवयत्रीहरु चन्द्रकान्त अर्याल, महेन्द्र चालिसे, बाल जोशी, प्रेम अधिकारी, बद्री पोखरेल, शशी भट्टराई, निर्मला राई, बासुदेब भण्डारी, सुमन कार्की, पवन लामिछाने, भीम कार्की, ज्ञानेश्वर अमात्य, कमल पौडेल, कपिल अधिकारी र राधाकृष्ण काफ्ले लगायतले रचना पाठ गरेका थिए । 
 
कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यमा रुची राख्ने नेपाली समुदायका सदस्यहरुको उपस्थिती थियो । अनेसासंघले हरेक महिनाको पहिलो आइतबार ड्यालसमा साहित्यिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।