मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

एनआरएन चुनाबको शुभकामना

एनआरएन चुनाबको शुभकामना


दिनदिनै कर्मथलो अहंकारले बलेको छ
आजभोलि बिना मौसम मिठो फल फलेको छ
नदेखाऊ भो अझै सपना
परदेशी मन जलेको छ ।
 
जिताउनेहरुसँग अभिमानका भोट होलान,
जितिने ती सँग कतै डलर फाल्ने बोट होलान,
नदेखाऊ भो, झुठो मलम
 नपुरिने ती चोट होलान ।
 
नारा भित्र नेपालमा बिकासको मूल फुटेको छ
देसै छोडी आउनेहरुको सपना नि लुटेको छ
छोड अब जाल बुन्न,
रसी सबै टुटेको छ ।
 
अतितका त्रुटी फेरि दोहोरिने छैनन् होला,
बिवेकको प्रयोग गरौँ नाभिरौ भो थोत्रो झोला
राम्रो मात्र हाम्रो भनौ,
सन्ततिको भलो होला ।
 
परदेशीले परदेशीको पीडा अब बुझ्नु पर्ला
आफन्तको रगत चुसी मोटाउन छोड्नु पर्ला,
शिरमा राखी सगरमाथा
राजनीति तोड्नुपर्ला ।
 
आज जस्तै भोलिपनि भेट हुँदा बोल्नेभए,
परदेशीको पीडासँगै तिम्रो मुटु पोल्नेभए
लाखौ शुभकामना छ
निजी स्वार्थ तोड्ने भए ।  
 
सन्दर्भः एनअारएन निर्वाचन