मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

गोहीले हात लगे पनि ज्यान बाँचेकोमा खुशीे

गोहीले हात लगे पनि ज्यान बाँचेकोमा खुशीे


चितवन । “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने । 
 
पूर्वी चितवनको कुमरोजनजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् ।
 
दाँहिने हात सोही दिन गोहीले चुँडेर लगे पनि ज्यान बचेकोमा खुसी भएको उनले बताए । शुक्रबार बिहान अस्पतालमा भेट्दा उनलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । उनका भतिज विफल महतो भन्छन्, “हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।”
 
खैैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए । अपरान्ह् ३ः३० बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए । उनका साथीहरू माइला र पलार सँगै थिए । 
 
दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन । “च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछा¥यो”, प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, “लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।”
 
उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात लगेको हो । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले एलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ । 
 
“हड्डी लामो थियो । तीन सेन्टीमिटर हड्डी काटिएको छ”, डा प्रमोद लामिछानेले भने । उनका अनुसार  अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल हुनु ठूलो भाग्य हो । 
 
सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा लामिछाने बताउँछन् । अब करिब एक महिना अस्पताल बस्नुपर्ने उनको भनाइ छ । अहिले आराम गरिरहेका प्रसाद महतो आफू घरमा खानका लागि माछा मार्न गएको बताउँछन् । 
 
विदेशमा काम गरेर ९ महिनाअघि उनी घर फर्केका थिए । त्यही कमाएको पैसा अहिले उपचारमा प्रयोग गर्न पाएको उनले बताए । रासस