मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अामाको भागबन्डा

अामाको भागबन्डा


नबुझ्नेलाई त बुझ्न धेरै गारो
बुझ्नेलाइ झन् ढोकामा तगारो
यो कस्तो नौलो तन्त्र हो हजुर
सबैलाइ घुम्ने कुर्सी पो प्यारो iiii
 
बुध्दिजीवी सबै सडकमा पसारो
ढुंगे, लाठेलाइ सदनमा चटारो
यो कस्तो सफथ मन्त्र पो आयो
पढी नसक्दै संसार नै अँध्यारो iiii
 
चोरको राज्यमा पुलिस बेकाम
न्यायका मुर्तिहरु सबै बदनाम
कस्तो दण्डहीनता फैलेर आयो
घर भित्रै ज्यान जोगाउन भो गारो iiii
 
युवाहरु सबै पसे मुग्लानमा
राष्ट्र सेबक जति फँसे दलदलमा
यो कस्तो नौलो सम्मान आयो
कुसंस्कारी लाइ गलामा तक्मा iiii
 
 अनेकौ तन्त्र आए अनि गए
नेताका झुप्रा महल पो भए