मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा

देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा


हिमालय खबर संवाददाता- 
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै राजीनामा दिएका छन् । प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गरेका छन् ।   
 
प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण बुधबारको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरेका हुन् । 
 
यस वर्षलाई मेरो वर्ष म स्वास्थ्य र नेपाल मनाइँदैछ । १२ वटा प्राणघातक रोगको १ लाखसम्म सरकारले व्यहोर्ने काम गरेको छ । जनस्वास्थ्यको क्षेत्रमा थुप्रै सुधार गरेको छ । अस्पतालमा ओपिडी सेवा समय बढाइएको छ । लगानी सम्मेलन गर्दै इतिहासमै धेरै १४ खर्ब लगानी प्रतिवद्धता आएको छ । विगतमा केन्द्रबाट निर्देशनमात्रै दिने प्रचलन थियो । 
 
मैले आफैले आयोजनाको अनुगमन निरीक्षण र निर्देशन दिएँ । अहिले धेरै आयोजना छिटो सम्पन्न हुने दिशामा छ ।  मुलुकको १७ शहरमा एक शहर एक पहिचान कार्यक्रम सुरु भएको छ । १३ वटा सहरमा मेगा सिटीको कार्य प्रारम्भ भएको छ । अब दसैंअघि नै मेलम्ची आउने भएको छ । अब दसैंअघि नै मेलम्ची आउने भएको छ । 
 
अहिलेसम्म राजनीतिक दाउपेचको विषय र कसैको प्राथमिकतामा नपरेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भएको छ । केही दिनमा म त्यसको शिलान्यास गर्दैछु संसदमा साथीहरुले सोध्नुभएको थियो । फास्ट ट्रयाक के हुन्छ ओबिओआर के हुन्छ रु यी प्रश्न अस्वभाविक थिएन तर सोध्नेहरुको नियत ठीक थिएन । किसान पेन्सनका लागि सरकारले योजना बनायो । सातवटै प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि सुपरजोन सुरु गरियो । निजी आवास पुनर्निर्माणका लागि पहिलेभन्दा १ लाख रुपैयाँ थप र सामूहिक जमानीमा ३ लाख दिने घोषणा गरियो । 
 
पुनर्निर्माण प्राधिकरणको गति सुस्त भएपछि नेतृत्व नै परिवर्तन गरियो स्थानीय तह सञ्चालनसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । प्रत्येक प्रदेशमा उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालय स्थापना गरिएको छ । जनतालाई केही हुँदैन भन्ने भावना थियो । लोडसेडिङ अन्त्यले अँध्यारोमात्र होइन, लाचारी र हिन भावना पनि नेपालीबाट हटाइएको छ । यही वर्ष २०० मेगावाट अर्को वर्ष ३०० मेगावाट र तेस्रो वर्षमा १२ सय मेगावाट विजुली उत्पादन हुन्छ । तीन सिफ्टम काम गरेर तीन महिनामा नै ढल्केवर सव स्टेशन सम्पन्न भयो । १८ घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । प्रधानमन्त्री भएलगत्तै लोडसेडिङ अन्त्यको संकल्प लिएर उज्यालो नेपाल अभियान सुरु गरेँ । 
 
भविश्यमा बन्ने सरकारका लागि यो आर्थिक वृद्धिदर आधार बन्नेछ । लोडसेडिङ अन्त्यका कारण राजस्व १५ प्रतिशत बढेको छ । हामी ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रयासमा छौं सपनाहरुको चर्चा त भएकै थियो तर आर्थिक वृद्धिदर ०.७ प्रतिशत थियो । आजसम्म सीमान्तकृत समुदाय न्यायदाताको भूमिकामा पुगेको छ । यसपटक जनताले स्थानीय तहमा सिंहदरबारका लागि मध्यस्थ छानेको होइन । सिधै सिंहदरबारको प्रमुख छानेको हो । 
 
नेपालको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डता थप सुनिश्चित भएको छ । तात्कालिक र क्षणिक जित हारमा अल्झेको भए चुनाव सम्भव थिएन लोकतन्त्र संविधानको अक्षरबाट हरेक गाउँ र वडासम्म पुगेको छ । दृढ संकल्प र इच्छाशक्ति नभएको भए यो निर्वाचन गर्न सजिलो थिएन । दोस्रो चरणको निर्वाचनमा पनि सिंगो देश सहभागी हुनेछ उल्लासपूर्ण अवस्थामा स्थानीय तहको निर्वाचन पूरा भएको छ । आज म जनताको सामू उभिएर विश्वासका साथ भन्न सक्छु १० महिनाको छोटो अवधिमा सरकार परिस्थिति बदल्न सफल भएको छ । मैले हिजो नै संसदबाट संबोधन गर्न खोजेको थिएँ तर मिलेन…. । 
 
व्यवस्थापिका–संसद् बैठक अवरुद्ध
 
प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना माग पूरा नभएसम्म व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्ने भनेपछि बुधबारको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । 
 
एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने र सरकारले संविधानविपरीत स्थानीय तहको सङ्ख्या बढाएको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले मधेसकेन्द्रित दलको माग पूरा गर्न जेठ ८ गते स्थानीय तहको सङ्ख्या वृद्धि गरेको थियो । 
 
बुधबार बिहान ११ बजेका लागि निर्धारित बैठक सुचारु गर्ने सम्बन्धमा प्रमुख दलबीच सहमतिको प्रयास सफल नभएपछि संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको थियो । 
 
संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीले उठाएका मागका सम्बन्धमा सत्तापक्षले ठोस जवाफ दिन नसकेको बताए । प्रमुख प्रतिपक्षको सहमतिबिना संविधानविपरीत एकलौटी रुपमा स्थानीय तहको सङ्ख्या बढाएकोप्रति आपत्ति जनाउँदै नेपालले भने, “एमालेलाई हराउने गरी एकलौटी रुपमा स्थानीय तह बढाइएको र पुनःसीमाङ्कन गरिएको छ, यस सम्बन्धमा उहाँहरु (सत्तापक्ष) ले ठोस जवाफ दिन सक्नु भएन, जवाफ दिन नसकेपछि सदन बस्नुको अर्थ भएन ।” नेता नेपालले संसद बैठक भोलि ४ बजे बस्ने जानकारी गराए । 
 
सभामुख ओनसरी घर्तीले भोलि जेठ ११ गते अपरान्ह ४ बजे संसद बैठक बस्ने गरी निर्धारण गरेकी छन् । साथै राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नै विशेष समारोहका बीच नेपालको संविधान को धारा ९५ बमोजिम संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ । सरकारले जेठ ७ गते आव २०७४–७५ को नीति तथा कार्यक्रम पारित गरेको थियो । 
 
संसद् बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रमुख प्रतिपक्षी दल एमालेबाट भएको अवरोधका कारण बैठक बस्न नसकेको जानकारी दिए । बजेटमाथिको पूर्व छलफल नभई बजेट कसरी अघि आउँछ भन्ने जिज्ञासमा नेता महतले सभामुखले चाहेमा संसद् नियमावलीको केही प्रावधान निलम्बन गरेर पनि ल्याउन सकिन प्रचलन रहेको बताए । 
 
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विशेष सम्बोधन गर्न नपाउनु मुलुकका लागि दुर्भाग्य हो भने ।