ग्लोबल नेपाली

जेनजी संग नागरिकता खोइ

जेनजी संग नागरिकता खोइ

नागरिकता खोइ अभियानले राजधानी बाहिर अन्तरक्रिया गर्ने / जेनजी अभियन्तासंग सम्बाद शुरु


काठमाडौं । विदेशमा बस्ने गैरआवासीय नेपालीहरुका लागि बंशजको नागरिकताको निरन्तरताको अभियान संचालन गर्दै आएको नागरिकता खोइ अभियानले राजधानी बाहिर चेतनामूलक कार्यक्रम संचालन गर्ने भएको छ ।

अभियानका संयोजक बासुदेव घिमिरेका अनुसार आउँदो तिहार पछि झापाको दमकमा बृहत अन्तरक्रिया आयोजना हुँदैछ ।

Advertisement

गत असोज १४ गते दमकमा आयोजित एउटा भेलाले उक्त निर्णय गरेको घिमेरेले जानकारी दिए । उक्त भेलामा दमक नगरपालिकाकि उपप्रमुख रेगिना भट्टराई प्रसाईं , दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई , दमक उबासंघ लेखा समिति संयोजक नेत्र प्रसाद चम्लागाँइ, दमक जेसीजका अध्यक्ष सहदेव भट्टराई लगायत उ बा संघ र जेसीजका पदाधिकारीहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

जेनजीसंग कुराकानी :
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा विदेशमा बस्ने यूवाहरुको पनि सहयोग र समर्थन रहेको थियो । त्यस अर्थमा जेनजी नेतृत्वले गैरआवासीय नेपालीको नागरिकता समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

यसै सन्दर्भमा गतहफ्ता नागरिकता खोइ अभियानका संयोजक बासुदेव घिमिरेले जेनजीका सशक्त अभियन्ता माजिद अन्सारीसंग मोरङको रंगेलीमा कुराकानी गरेका थिए ।उक्त कुराकानीको भिडियो तल दिइएको छ ।

Help Continue Citizenship for Non-Resident Nepalis : GoFundMe

शेयर गर्नुहोस:

4.3k
Shares