मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

परराष्ट्रमन्त्री महतले दिए अखेटोपहारलार्इ दागवत्ती

परराष्ट्रमन्त्री महतले दिए अखेटोपहारलार्इ दागवत्ती


चितवन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जनावरका अंग (अखेटोपहार)लार्इ दागवत्ती दिएका छन् । डा महतले सोमबार चितवन राष्ट्रिय निकुन्जको मुख्यालयमा ती अखेटोपहार जलाउनका लागि दागबत्ती दिएका हुन् । 
 
कार्यालय परिसरको हेलिप्याडमा विशाल चिता ९१५ मिटर लम्वाई र पाँच मिटर चैडाईको ०निमार्ण गरी हिन्दु परम्पराअनुरूप महतले दागबत्ती दिएका थिए । सो अवसरमा बोल्दै मन्त्री महतले चोरी शिकार निरुत्साहित गर्न सन्देश दिनका लागि जलाएर अखेटोपहार नष्ट गरिएको बताए ।  
 
वन्यजन्तुको अखेटोपहार व्यवस्थापन नष्ट गर्ने समारोहको औपचारिक कार्यक्रममा बोल्दै उनले दुर्लभ वन्यजन्तुको अखेटोपहारको महत्त्व नरहनेसमेत बताए । अन्तर्राष्ट्रिय बजारमा अखेटोपहारको महत्त्व रहेको भन्ने अफवाहलाई निस्तेज पार्न यो सहयोगी रहने उनले उल्लेख गरे । 
 
चोरी शिकार न्यूनीकरणतर्फ जानुमा सरकारी निकायलाई विदेशी सहयोग र स्थानीय जनसमुदायको सहयोग प्रमुख रहेको उनले बताएका थिए । 
 
कार्यक्रममा वनमन्त्री शंकर भण्डारीले औपचारिक रुपमा नै कुनै पनि काममा अखेटोपहार प्रयोग हुँदैन भन्ने संदेश दिन अखेटोपहारलाई जलाएर नष्ट गरिएको बताए । 
 
दुर्लभ वन्यजन्तुको अखेटोपहार बजारमा आउन नदिन, वन्यजन्तुको चोरीशिकार र अवैध व्यापार घटाउन र सरकारको दायित्व कम गर्न अखेटोपहार जलाएर नष्ट गरिएको उनको भनाइ थियो  । 
 
सो अवसरमा वनराज्यमन्त्री दीर्घराज भाटले सबैको सहयोगका कारण यो ऐतिहासिक र महत्त्वपूर्ण काम गर्न सफल भएको बताए । कार्यक्रममा वन मन्त्रालयका सचिव प्रकाश माथेमाले वन्यजन्तुको अपराध नियन्त्रर्ण गर्न, साईटिसले तोकेको मापदण्ड अवलम्बन गर्न र वन्यजन्तु मरेपछि त्यसको महत्त्व हुँदैन भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।
 
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत एलिना टेप्लिनले यसले दुर्लभ वन्यजन्तुको चोरीशिकार नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा संन्देश प्रवाह गर्ने बताइन् । 
 
अखेटोपहार जलाई सकेपछि बाँकी रहने खरानी खाडलमा पुरेर त्यस माथि स्मारक वनाईने बन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।