मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रहरीको एकपछि अर्को सफलता : लायन्सचोकबाट १२६ केजी चरेस बरामद

प्रहरीको एकपछि अर्को सफलता : लायन्सचोकबाट १२६ केजी चरेस बरामद


जिल्ला प्रहरी कार्यालय चितवनले १२६ केजी चरेस बरामद गरेको छ । आइतबार बिहान १० बजे लायन्सचोकबाट ना ४ ख ७३३० नम्बरको ट्रकबाट ठूलो परिमाणमा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 
 
ट्रकको पछाडि डालामा थ्रोत्रा बोरामा त्यसै फालिएको जस्तै गरी हालेर ल्याइएको अवस्थामा चरेस बरामद भएको हो । प्रहरीले ट्रक चालकसहित बरामद चरेस र ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र चरेस ल्याउने व्यक्ति फेला नपरेकाले आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
 
धादिङबाट चरेस ल्याएको खुलेको र अनुसन्धान बाँकी रहेकाले अन्य कुरा पत्रकार सम्मेलन गरी जानकारी दिने उनले बताए ।