तिम्रो हरेक आगमनमा मनभित्र उमङ्गहुन्थ्यो
टुट्न लाको मुटुभित्र सपनाको रङ्ग हुन्थ्यो
सुक्नलाको मेलम्चीमा सुद्ध जलको तरङ्ग हुन्थ्यो
परदेशी छोरो भेट्न आमाको मन दङ्ग हुन्थ्यो iiii
तर तिमी खाली आयौ रुने मन थाकी सक्यो
ढुक ढुक गर्ने मुटु पनि भित्र बाटै फाटी सक्यो
मरुभूमि भयो जिबन प्यास पनि लागन छाड्यो
जाहाज चडी गाको छोरो बाकसमा फर्की आयो iiii
आउन त आयौ तिमी आफ्नै रङ्ग फेरी फेरी
रुवाउन्दै मातृ भुमि टुलु टुलु हेरी हेरी
लाज ढाक्ने टालो छैन मोबाइलको सिम फेरी फेरी
चुइने त्यो छाप्रो भित्र इन्टरनेट ले घेरी घेरी iiii
अर्को बर्ष सक्छौ भने कुलमानहरु जन्माइदिनु
धरै धुर्मुस सुन्तली लाइ राम्रो संग हुर्काइ दिनु
उजाड छन् बस्तिहरु पसिनाले सिन्चिदिनु
खाडी तिर लाको लर्को आफ्नै गाउँ फ़र्काइदिनु iiii
कमला अधिकारी लोहनी
प्रतिक्रिया