मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी क्षेत्रका व्यवसायीको संस्था नेउवामहासंघको अध्यक्षमापनि महिला

निजी क्षेत्रका व्यवसायीको संस्था नेउवामहासंघको अध्यक्षमापनि महिला


हिमालयखवर संवाददाता
काठमाडौँ- नेपालमा निजी क्षेत्र उद्यमी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा आएकी छिन् । राणा यस अघि महासंघका वरिष्ठ उपाध्यक्ष थिइन । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान अनुसार राणा अध्यक्ष भएकी हुन् ।
 
नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान न्यायाधिश सुशीला कार्की, सभामुख ओन्सरी धर्ती मगर पछि निजी क्षेत्रको मुख्य साझा संस्थाको नेतृत्वमा पनि महिला आएकी हुन् । महासंघको देशभर संगठन छ । सरकारका विभिन्न आयोग र निकायमा पनि महासंघले प्रतिनिधित्व गर्छ । राणाले आउने तिन बर्ष महासंघलाई नेतृत्व दिने छिन् ।
 
नेपालगञ्जवाट होटेल व्यवसाय गर्ने राणा त्यहीबाट महासंघ भित्र पसेकी थिइन् । मंगलवार सकिएको साधारण सभाले महासंघको नयाँ कार्य समिति पनि गठन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् । गोल्छाले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरेका हुन् । गोल्छाको पक्षमा प्राय सबै नेपालका ठुला औद्योगिक धराना थिए । यसले गर्दा उनको सहज जित भएको हो । तिन बर्ष पछि शेखर विद्यानको त्यही प्रावधान अनुसार स्वतः अध्यक्ष बन्ने छन् । शेखर नेपालको चर्चित औद्योगिक धराना गोल्छा हाउससंग आबद्ध छन् ।
 
गोल्छालाई निवर्तमान अध्यक्ष पशुपति मुरारका, राणा लगायतको पनि समर्थन थियो । यस अघि मुरारका वरिष्ठ उपाध्यक्ष थिए । तर, अध्यक्ष प्रदिपजंग पाण्डेले राजीनामा दिएपछि उनी कार्यवाहक अध्यक्ष भएका थिए । यसपछि विद्यान संशोधन गरेर मुरारका अध्यक्ष भएका थिए । विगतमा निकै उतार चढाव भोगेको महासंघमा राणा कति प्रभावकारी हुन्छिन् यसमा थुप्रै प्रश्नहरू उठेका छन् । विगतमा राणाको भूमिका खासै प्रभावकारी नभएकाले पनि यस्ता प्रश्नहरू उठेका हुन् । निर्वाचनले विभाजित महासंघलाई एक जुट भएर प्रभावकारी रूपमा अघि बढाउन राणालाई चुनौतीपुर्ण हुने छ । 
 
महासंघ गैर आवासीय नेपाली संघको पनि साझेदार संस्था हो । अहिलेपनि एनआरएनको कार्यालय महासंघ परिसर भित्रै छ । एनआरएन अभियानमा महासंघपनि साझेदार बन्दै आएको छ ।