मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने


कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । 
 
राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो ।
 
राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताए । 
 
‘राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रूपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने । रासस 

शेयर गर्नुहोस:

0
Shares