मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चुनावको अन्तीम तयारीमा प्रवासी मञ्च अमेरिका , कुन पदमा कस्को चर्चा ?

चुनावको अन्तीम तयारीमा प्रवासी मञ्च अमेरिका , कुन पदमा कस्को चर्चा ?


ड्यालस (टेक्सस)- प्रवासी नेपाली मन्च अमेरिकाको दोश्रो अधिवेशनका लागि मेरिल्याण्ड राज्यको बाल्टीमोरमा भब्य तयारी भएको छ । मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको दोश्रो अधिवेशनका लागि यति बेला बिभिन्न २४ वटा राज्यबाट प्रतिनिधी र नेपालबाट एमाले नेताहरु बाल्टीमोर आउन लागेका छन् । नेकपा एमालेको भातृ संस्थाको रुपमा हेरिने प्रवासी नेपाली मन्च अमेरिका अमेरिकामा रहेका एमाले शुभचिन्तकहरुको सहभागितमा रहेको ५०१ सीमा दर्ता भएको सामाजिक संस्था हो ।  मञ्चका अध्यक्ष सञ्जय थापाका अनुसार अधिवेशनका लागि सम्पुर्ण तयारी पुरा भईसकेको छ भने अतिथी सत्कारको लागि आफुहरु तयार भएको बताउनुभयो । चार बर्ष अगाडि न्यूयोर्कबाट एक पद बाहेक निर्बिरोध चयन गर्न सफल भएको मञ्च नेतृत्व अहिले भने सजिलै सहमती बनेर चयन नहुने पक्का पक्की जस्तै देखिएको छ । अमेरिकामा रहेका अधिकाशं संस्थाहरु आन्तरिक बिबाद र लडांई परेको बेला मञ्च कसरी बढ्ला त भन्ने चासो भएको बेलामा हुन लागेको मञ्चको दोश्रो अधिवेशनमा मञ्चका अगुवाहरु यतिबेला खुलेरै चुनावमा लागेका छन् । 
 
कस्ले गर्ला त नेतृत्व ?
अमेरिकाका बिभिन्न २४ राज्यमा शाखाहरु रहेको मञ्चका २०० भन्दा प्रनितिधी चयन भएर बाल्टीमोर आउन लागेका छन् । राज्य स्तरबाट छनौट भएर बाल्टीमोरमा भेला भएका अगुवाहरुको भेलाले नै मन्चको नया नेतृत्व चयन गर्नेछ । मञ्चको नेतृत्वका लागि अधिवेशन नजिकीदै जांदा उम्मेदवारी घोषणा गर्ने र प्रचार प्रसार गर्ने कार्य तिब्र बनेको छ । अध्यक्ष पदका लागि टेक्सासमा रहेका मञ्चका पुराना नेता जनक रानालाई टेक्सास राज्यले नै अध्यक्षमा प्रस्ताव गर्दै उम्मेदवारी घोषणा गरेका छन् । टेक्सासमा रहेका मञ्चका संस्थापक  नेता भिम कार्की, राज्य समिति अध्यक्ष दिपक पाण्डे लगाएतको उपस्थीतीमा भएको पत्रकार सम्मेलनमा रानाले आफु स्थापना काल देखि नै मञ्चको हितमा काम गरेको र अहिले पनि बिभिन्न योजना सहित मञ्चलाई अगाडि लैजाने चाहना भएकोले अध्यक्षमा आफ्नो दाबी  स्वभाविक भएको बताएका छन् । 
 
अध्यक्षका उम्मेदवार रानाका अनुसार आफुलाई अध्यक्षको दाबी गरेका टेक गुरुगं र शंकर पन्तको पनि साथ रहेको बताएका छन् । उता बाल्टीमोरमै रहेका मन्चका बर्तमान महासचिव प्रभु थापाले आफुलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । आफुले महासचिवमा काम गरिसकेको र सबैलाई समेटेर जान सक्ने क्षमता रहेको महासचिव थापाको दाबी छ ।  थापाले आफु अध्यक्षमा निर्बाचित भएमा मञ्चलाई अमेरिकामा रहेको नेपाली संस्थाहरु मध्ये सबैभन्दा सकृय संस्था बनाउने योजना अगाडि लिएका छन् । थापालाई बर्तमान अध्यक्ष सञ्जय थापा लगाएतको साथ रहेको देखिन्छ । राना र थापा दुबै जनाले आफुहरु सकभर सहमतीमा नै नेतृत्वचयन गर्ने पक्षमा रहेको तर सहमती नबनेमा निर्बाचनमा जान तयार रहेको बताएका छन् । दुबै जना पछि नहट्ने देखिएपछि मञ्चको अध्यक्षको लागि थापा र राना बिच प्रतिष्प्रधा हुने पक्का भएको छ । 
 
अध्यक्षमा चर्चामा रहेका टेक गुरुगंले जनक रानालाई अध्यक्षमा साथ दिंदै बरिष्ठ उपाध्यक्षमा बस्ने भने पनि बरिष्ठ उपाध्यक्षमै प्रिती सागर खत्रीको पनि उम्मेदवारी रहने बताइएको छ । गुरुगं र खत्री पछि नहट्ने संकेत संगै यो पदमा पनि निर्बाचन हुने देखिन्छ ।  त्यस्तै संस्थाको अर्को महत्वपुर्ण पद महासचिवमा न्यूयोर्क राज्यका अध्यक्ष समेत रहेका राधाकृष्ण देउजाको शुरु देखि नै नाम चर्चामा आएको थियो। लेखन कार्यका साथै एमालेका शिर्ष नेतृत्वसंग राम्रो सम्बन्ध रहेका देउजा महासचिवका लागि धेरैको रोजाईमा रहेका थिए। आफु चुनावबाट भन्दा पनि सहमतीबाटै नेतृत्व चयन गर्ने पक्षमा रहेको बताउदै आएका देउजा पछिल्लो समय भने सहमतीका नाममा स्वार्थ आउन लागेमा आफु अब चुनाव नै भए पनि पछि नहट्ने तयारीमा लागेका छन् । संस्थाको हितका लागि आफुले पदलाई महत्व नदिएको तर संस्थाको हितका लागि नै आफु महासचिवमा जान आवश्यक रहेकोले अब म निर्बाचनको लागि नै तयार रहेको छु देउजाले भनेका छन् ।
 
देउजासंगै बर्तमान कोषाध्यक्ष शंकर पन्तले अध्यक्षका उम्मेदवार जनक रानालाई अध्यक्षमा समर्थन गर्दै महासचिवमा अघि सरेपछि यो पदमा पनि चुनाव हुने पक्का जस्तै देखिन्छ । आफुलाई अध्यक्षको लागि अगाडि सारेका पन्त अध्यक्षका उम्मेदवार जनक रानासंग सहमती भएपछि महासचिवका लागि चुनावमा जान तयार भएका हुन् । त्यस्तै महासचिवका लागि चर्चामा रहेका न्यूयोर्कका लाक्यन लामा र टेक्सासका कमल ओझा पनि सहमतीका साथ नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन् । टेक्सासका ओझाले आफ्नो दाबी महासचिवमा दाबी रहेको भए पनि अध्यक्षमा टेक्सासबाट जनक राना अगाढि बढेकोले सहमतीका लागि आफु तयार देखिएको बताएका छन् । 
 
अध्यक्ष, बरिष्ठ उपाध्यक्ष , चार उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष लगायत ३१ सदस्य हुने नयां कार्यसमितिका लागि हाल सम्म  टेक्सास राज्यले अगाडि सारेका उपाध्यक्षमा कमल ओझा, शुसील क्षेत्री, उपमहासचिवमा दिपक पाण्डे का साथै यमुना भट्टराई, चेतनाथ भट्टराई सिता खरेल, कुन्ती थापा, जिवन जोशी, टेकराज पौडेल, सोमेन्द्र रञ्जीत लगायतबा पदाधिकारीमा आउने चर्चा देखिन्छ ।
 
सहमती बनानउने तयारीमा अगुवाहरु ?
मञ्चको अधिवेशन नजिक आएसंगै चुनाव र उम्मेदवारीको घोषणासंगै मञ्चका केहि अगुवाहरु भने सहमती जुटाउन ब्यस्त देखिएका छन् । सहमतीका लागि टेक्सासमा रहेका हेम पाठक, भिम कार्की र शिकागोमा रहेका बाला घिमीरे लगायतका केहि अगुवाहरु अहिले सहमती बाटै नेतृत्व बनाउन लागिपरेका छन् । सहमतीबाटै नेतृत्व चयन भएमा संस्था थप बलियो हुने उनिहरुको दाबी छ । 
  
कार्यक्रमको तयारी कस्तो छ ?
बाल्टीमोरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मन्चका अध्यक्ष सन्जय थापाले बताएका छन् । अधिवेशनका लागि नेपालबाट आउने अतिथीका साथै अमेरिकामा रहेका राजदुत बिभिन्न संस्थाका प्रमुख, पत्रकारहरु लागयतलाई निमन्त्रणा पठाइएको छ । थापाका अनुसार २४ राज्यबाट आउने दुई सय भन्दा धेरै प्रतिनिधी र पर्यवेक्षक लगायतको उपस्थितीमा उद्घाटन र उद्घाटन पश्चात हुने बन्द सत्रले नयां नेतृत्व चयनका साथै आगामी यात्राको पनि तय गर्नेछ । 
 
एमालेका शिर्ष नेता आउन भ्याएनन् ?
प्रवासी नेपाली मन्च अमेरिकाको अधिवेशन केहि महिना पहिले अर्थात् डिसेम्बर महिनामै गर्ने योजना राखेको मन्चले अध्यक्ष ओली त्यतीबेला आउन नसक्ने भएकोले नै अधिवेशन पछाडि सारेको थियो । अहिले नेपालमा स्थानीय निकायको निर्बाचनको तयारीमा ब्यस्त ओली उद्घाटनकै लागि अमेरिका आउने सम्भावना कम भएपछि महासचिव ईश्वर पोखरेल आउने चर्चा भए पनि महासचिव पोखरेल पनि चुनावको तयारीमै ब्यस्त भएकोले उनि पनि आउन नसक्ने भएका छन् । महासचिव पोखेरेल पनि आउन नसक्ने भएपछि संगठन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुगंको प्रमुख आतिथ्यता रहने बताइए पनि अहिले सम्म गुरुगं पनि आउने पक्का हुन सकेको छैन । कार्यक्रमका लागि नै भनेर एमाले पोलिट्ब्युरो सदस्य तथा एमालेको तर्फबाट अमेरिका ईन्चार्ज पुर्व मन्त्री युवराज कार्की दुई साता देखि अमेरिकामै छन् भने अर्का पुर्व मन्त्री तथा पोलिट्ब्युरो सदस्य खगराज अधिकारी अमेरिका आउंदै छन् । मञ्चको अधिवेशन उद्घाटनका लागि शिर्ष नेता आउन सम्भव नभएको र कार्कीले उद्घाटन गर्ने निश्चित जस्तै देखिन्छ । 
 
मन्च अब कसरी अगाडि बढ्ला त ?
अमेरिकामा रहेको एमालेको भातृ संस्थाको रुपमा बुझिने मन्चले चार बर्ष अगाडि न्यूयोर्कमा पहिलो अधिवेशन गरेपछि नेपाली समुदायमा आफ्नो उपस्थिती देखाएको हो । मन्चलाई एमालेको भातृ संस्थाको रुपमा हेरिए पनि मन्चका अध्यक्ष सन्जय थापाले आफुहरु भातृ संस्था भन्दा पनि नेपालमा रहंदा एउटै बिचारमा रहेका साथीहरुको सामाजिक संस्थाको रुपमा ब्याख्या गर्दछन् । मन्चले अझै पनि नेपाली समुदायमा लोकप्रियता कमाउन नसकेको र आर्कषक कार्यक्रमहरु ल्याउन नसकेको आरोप खेपे पनि अध्यक्ष थापाले भने त्यसको प्रतिबाद गर्दछन् । आफ्नो नेतृत्वमा मन्चले १५ वटा शाखा बिस्तार गर्नुका साथै अमेरिकाको नेपाली समाजमा बलियो संस्थाको रुपमा मन्चलाई उभ्याउन सकेको दाबी गर्दछन् । थापाले आफुहरुले संस्थाको शाखा बिस्तारका साथै नेपालीहरुको हितका लागि अन्य संस्थासंग मिलेर टिपीएसका लागि पहल, नेपाल परेड लगायतका सामाजिक कार्यहरु गरेको बताउछन् । अहिलेको बिधान अनुसार संस्थाको नयां नेतृत्व ३ बर्ष सम्म हुने र अमेरिकामा एनआरएनको निर्बाचान पनि हुन लाग्नुका साथै यहि नेतृत्वको पालामा नै एमालेको अगामी अधिवेशनमा प्रतिनिधी नेपाल जाने हुनाले मन्चको नयां नेतृत्व कस्तो आउला र कसरी अगाडि बढ्ला भन्ने बिषयमा नेपाली समुदायको चासो देखिन्छ ।