मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

मल अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ : प्रधानमन्त्री

मल अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ : प्रधानमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएको छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोधसमेत गरेका छन् ।

“कृषि मन्त्रालयले दिएको जानकारीअनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका छन् । उनका अनुसार युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डिएपी मल सात हजार ६५३ मेट्रिक टन र पोटास मल चार हजार ९१५ मेट्रिक टन कृषि सामग्री केन्द्रमा मौज्दात छ ।

यस्तै, साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी मल ९४२ मेट्रिक टन तथा पोटास मल एक हजार ७८५ मेट्रिक टन मौज्दात छ ।

शेयर गर्नुहोस:

81
Shares