मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

अनेसासंको डिसी मेट्रो समितिद्वारा कार्यभार सुरू

अनेसासंको डिसी मेट्रो समितिद्वारा कार्यभार सुरू


वासिंगटन डिसी (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले शनिबारदेखी आफ्नो कार्यभार शुरु गरेको छ । 
 
समाजका अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मनकुमारी थापा,  डा.अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फबाट प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 
 
यस अघि गत दुई बर्षको आर्थिक प्रतिबेदन पुस्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरुको प्रतिबेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गरेका थिए । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिबेदन हस्तान्तरण समेत गर्नुका साथै उक्त कार्यक्रममा "अनेसास ईतिहास" पुस्तक सार्वजनिक समेत गरिएको थियो । 
 
संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस शहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाठ गरेका थिए । 
 
निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत मन्तव्य सहित सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत संगीत, कला र सँस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरु सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण बिस्वस्त रहेको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । संस्थाका तर्फबाट साहित्यकार सीता पाण्डेलाई सम्मान  गरिएको थियो भने समीक्षा सापकोटालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।