मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना   

टेक्ससको ड्यालसमा कवी प्रतीकको जन्मदिवस

टेक्ससको ड्यालसमा कवी प्रतीकको जन्मदिवस


ड्यालस (अमेरिका)— अमेरिकाको ड्यालसमा कवी बिप्लक प्रतिकको जन्म दिवस मनाईएको छ । 
 
प्रणय दीवसका दिन जन्मेका कवी प्रतीकको जन्म दिवसका अवसरमा स्थानीय नेपाली कवी, कवयित्रीहरुले उनका बारेमा चर्चा र कविता वाचन गरेका थिए । कवी प्रतीकले केही समय ड्यालस फोर्टवर्थ क्षेत्रलाई कार्यस्थल बनाएर बसेका थिए ।
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्ससको आयोजनामा भएको उक्त कार्यक्रममा कवी बासु शर्मा, भीम कार्की, चम्पा पाण्डे, बेदराज बस्नेत लगायत कवीहरुले प्रतीक यथार्थवादी, रसिक कवी भएको चर्चा गरेका थिए । कपिल अधिकारीले कवी प्रतीकको पाठ गर्नु भएको थियो I
 
अनेसास टेक्सस च्याप्टरले हरेक महिना ड्यालसको अर्बिङमा साहित्यीक गतिविधि गर्दै आएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares