मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सानो घरलाई दुई लायन्स क्लबद्धारा कम्प्युटर हस्तान्तरण

सानो घरलाई दुई लायन्स क्लबद्धारा कम्प्युटर हस्तान्तरण


चितवन । असहाय चेलीको लागि विसं २०६८ सालमा ९ जना चेलीबाट रत्ननगर–१२ मा सञ्चालित संस्था हो सानो घर, जसमा अहिले १३ जना चेलीहरु बस्छन् । 
 
यिनै बालिकालाई केही सहयोग होस् भन्ने सोचअनुरुप सामाजिक कार्यमा क्रियाशील संस्था लायन्स क्लब अफ रत्ननगर मिड नेपालले कम्प्युटर तथा लायन्स क्लब अफ चितवन राईनो सिटीले कुखुराको खोर र २०० वटा ब्रोईलर चल्ला हस्तान्तरण गरेका छन् । 
 
सानो घरमा रहका चेलीहरुलाई सानैदेखि कम्प्युटरको बारेमा ज्ञान दिन सकियोस् भनेर कम्प्युटर प्रदान गरिएको लायन्स क्लब अफ रतननगर मिड नेपालका सहकोषध्यक्ष तथा सो कार्यक्रमका संयोजक किशोर चालिसेले जानकारी दिए । 
 
त्यस्तै कुखुराको खोर र २०० वटा ब्रोईलर चल्ला हस्तान्तर कार्यक्रमको आयोजक संस्था लायन्स क्लब अफ चितवन राईनो सिटीका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक निरज श्रेष्ठले सानो घरको नियमित आयश्रोतका लागि क्लबका सदस्यहरुको सहयोगमा करिब १ लाखको लगानीमा कुुखुराको खोर निर्माण गरी चल्ला पनि दिएको जानकारी दिए । 
 
दुवै कार्यक्रममा प्रमुख अतिथिी रुममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी२ का डिष्ट्रिक गर्भनर एमजेएफ लायन घनश्याम भट्टराई, विशिष्ट अतिथिको रुपमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी२ का डिष्ट्रिक ट्रेजरर हरिप्रसाद घिमिरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुराल रहेका थिए । 
 
त्यस्तै अतिथिका रुपमा क्रमशः एरिया को चिफ कोर्डीनेटर निरज श्रेष्ठ, डिस्ट्रीक कोर्डीनेटर दिपेन्द्र खतिवडा, एरिया कोर्डीनेटर राजाराम रेग्मी, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठ, सानो घरकी सञ्चालिका बिमला श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिवलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष कृष्णलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर बेल्सीका सचिव मधुर नेपाल, पशुसेवा कार्यलय रत्ननगरका प्रमुख शालीकराम पौडेल, रत्ननगर नगरपालिका प्रशासन शाखा प्रमुख चन्द्रमणि आचार्य, पूर्वी चितवन पत्रकार मञ्चका सचीव ध्रुवराज खनाललगायतको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घनश्याम भट्टराईले लायन्स क्लबहरु सामाजिक सेवामा तल्लिन हुनलाई जन्मिएकाले आफूभन्दा कम भाग्यमानीको सेवामा लाग्न सधैँ तत्पर रहनुपर्ने कुरामा जोड दिँदै सानो घरका लागि लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ चितवन राईनो सिटीले गरको कार्यको प्रशंसा गरे । 
 
कम्प्युटर हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुरेशचन्द्र आचार्य तथा खोर तथा चल्ला हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ चितवन राईनो सिटीका अध्यक्ष उमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।