मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बैशाख ३१ मा स्थानीय तह निर्वाचन

बैशाख ३१ मा स्थानीय तह निर्वाचन


हिमालयखबर संबाददाता
काठमाडौँ-  बैशाख ३१ मा स्थानीय निर्वाचन बीस वर्षपछि सरकारले स्थानीय निकायको चुनाव गर्ने निर्णय गरेको छ ।  
 
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । २०५४ सालपछि देशमा स्थानीय निर्वाचन हुन सकेको छैन । हरेक पाँच वर्षमा स्थानीय निर्वाचन हुने संबैधानिक व्यबस्था भएपनि द्वन्दका कारण हुन सकेको थिएन ।
 
यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए ।
 
बैठकले बैशाख ३१ गतेका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माग गरेको १० अरब २९ करोड ६३ लाख ७६ हजार ७ सय ७५ अर्थ मन्त्रालयले तत्कालै आयोगलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
 
मन्त्रीपरिषदको बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भने– ‘आजको दिन नेपालको इतिहासमा ऐतिहासिक दिन हो । आज दिनभर तीन चरणमा मन्त्रीपरिषदको बैठक बस्यौं । बिहानको पहिलो बैठकले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो । अहिले बसेको बैठकले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।’
 
उनले सरकार दृढतापूर्वक निर्वाचन सम्पन्न गर्ने दाबी गरे । मंगलबारदेखि संसदबाट संविधान संशोधन प्रस्ताव पनि अघि बढ्ने पनि उनले दाबी गरे । ‘अब देश निर्वाचनमा गयो, निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउन म सम्पूर्णमा अनुरोध गर्दछु,’ उनले भने ।