पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा दोभान–२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए ।
दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान–४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जीप दुर्घटनामा परेको हो ।
लु १ ज २६८९ नंको जीप दुर्घटनामा चारजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जीप सडकबाट १२० मिटर भीरमा खसेको थियो । रासस
प्रतिक्रिया