लायन्स क्लब अफ चितवन सौराहाको वर्ष २०१५/१६ का अध्यक्ष प्रकाशचन्द्र भट्टराई नेपालभरकै क्लबका अध्यक्षमध्ये ‘वर्षकै सर्वोत्कृष्ट अवार्ड’बाट सम्मानित भएका छन् ।
सबैभन्दा बढी एमजेएफ र एनएलएफमा योगदान गरेको, सबैभन्दा बढी लायन सदस्य वृद्धि गरेको र सबैभन्दा बढी समाजसेवा गरेको मूल्यांकनका आधारमा उनलाई यस्तो अवार्ड प्रदान गरिएको हो ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ वी २ का तत्कालीन गभर्नर डिके ढुङ्गानाको कार्यकालमा भट्टराई सौराहा लायन्य क्लबको अध्यक्ष रहेका थिए । उनले ६ वटा क्लब खोलेका थिए । पाँचजनालाई एमजेएफ बनाएका थिए । यस्तै सामाजिक कार्यका लागि ६५ वटा कार्यक्रम गरेका थिए ।
सो समयमा सौराहा लायन्सले कम्बल वितरण, भूकम्पपीडितलाई राहत वितरण, स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सामाजिक कार्यमा उत्कृष्ट नमुना प्रदर्शन गरेको थियो । यसरी उत्कृष्ट कार्य गरेबापत लायन्स क्लब अफ चितवन सौराहा पनि वर्ष २०१५/१६ कै सर्वोत्कृष्ट क्लब बन्न सफल भएको भट्टराईले जानकारी दिए ।
यस्तै चितवनका लायन निरज श्रेष्ठलाई सर्वोत्कृष्ट जोन चेयर पर्सनको अवार्ड प्रदान गरिएको छ । सौराहा लायन्सकै दीपेन्द्र खतिवडालाई उत्कृष्ट रिजन चेयर पर्सन, योगेश अधिकारीलाई उत्कृष्ट जोन चेयर पर्सनको अवाड प्रदान गरिएको छ ।
रत्ननगरका लायन वेद आचार्यलाई उत्कृष्ट अध्यक्ष र सौराहा लायन्सका सचिव शीरलाल परियाराई उत्कृष्ट सचिवको अवार्ड पनि प्रदान गरिएको थियो । लायन अफ दि ईयरबाट अनुप पहारी सम्मानित भएका छन् ।
यसैगरी विभिन्न क्षेत्रका लायनहरुलाई पनि उत्कृष्ट अध्यक्ष, उत्कृष्ट क्लब, उत्कृष्ट जोन चेयर पर्सन, उत्कृष्ट रिजन चेयर पर्सन, लायन अफ द ईयर अवार्ड प्रदान गरिएको थियो ।
प्रतिक्रिया