पर्सा । पर्साको परवानीपुरनजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी६५एम ९०८६ नंको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
गम्भीर दुई घाइतेको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ उनीहरूको नाम खुल्न सकेको छैन । ठक्कर दिने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया