मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

संविधान संशोधन राष्ट्रिय हित विपरीत : पोखरेल

संविधान संशोधन राष्ट्रिय हित विपरीत : पोखरेल


पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताएका छन् । 
 
प्रेस चौतारी नेपाल, कास्कीले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरे ।
 
सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उहाँले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।
 
हिजो संविधान च्यात्छौँ, जलाउँछौँ र मान्दै मान्दैनौँ भन्नेहरू पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे । रासस