मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सिरियामा ६५ जना लडाकुको मृत्यु

सिरियामा ६५ जना लडाकुको मृत्यु


अङ्कारा । सिरियाको उत्तरी क्षेत्र अल्बाबमा गत चौबिस घन्टामा सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् । 
 
टर्कीको सरकारी सेनाले सोमबार जनाएअनुसार, उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् । 
 
विमानले आइएस लडाकुलाई लक्षित गर्दै टाडिफ, अबु जब्बर र उवायशियाह क्षेत्रमा आक्रमण गरेको थियो । 
 
टर्कीको संयुक्त सुरक्षा फौजले आइएस र सिरियन कुर्दिस पिपल्स प्रोटेक्सन युनिट, मिलिटरी विङ्स अफ सिरियन कुर्दिस डेमोक्र्याटिक्स युनियन पार्टीलाई गत अगस्तदेखि लक्षित गर्दै आएको छ । 
 
अफगानिस्तानमा कम्तीमा ४१ लडाकू मारिए
 
चौबिस घण्टाको अवधिमा अफगानिस्तानमा कम्तीमा ४१ लडाकू मारिएका छन् भने अन्य २५ जना घाइते भएका छन् । विद्रोहीविरुद्ध अफगानिस्तानको प्रहरी र सेनालगायतको सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । 
 
“गत चौबिस घण्टाको अवधिमा अफगानिस्तानको सरकारी सुरक्षाकर्मीहरुद्वारा जनताको जीवन रक्षाका लागि देशका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीका क्रममा ४१ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
 
संयुक्त सुरक्षा फौजले कपिसा, उरुज्गान, कान्दहर, कुन्दुज र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाहीलाई बढी केन्द्रीत गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यस बाहेक कुन्दुज प्रान्तको आर्चीमा शनिबार अबेर भएको आत्मघाती हमलामा ६ जना मारिएका छन् । सिन्ह्वा