मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नवलपरासीको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

नवलपरासीको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


कावासोती । नवलपरासीमा छुट्टाछुट्टै घटनामा गरी दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको नयावेलहानी ८ मा आइतबारराति बसले पैदलयात्रीलाई ठक्कर दिदा एकजना युवतीको ज्यान गएको छ ।
 
बुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ७७ ९१ नम्बरको बसले अरुणखोला र दुम्किवास बीच जंगलमा पैदल यात्री अन्दाजी २० वर्षकी एक युवतीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । उनको अँझै सनाखत हुन नसकेको अरुणखोला प्रहरीले जनाएको छ ।
 
यस्तै नवलपरासीको रजहर ४ कुलेनीमा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रजहर ४का ७८ वर्षीय हस्तबहादुर तामांङ्ग रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएका हस्त वहादुरको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो ।
 
आईतबार दिउसो बिन्दु माया तामाङ्गको घरमा बुद्धको पूजा गर्ने क्रममा फलामको लिङ्गोमा झण्डा राखी खडा गर्ने क्रममा अचानक लिङ्गो ढल्न गई बिधुतको मेन लाइनमा परी करेन्ट सर्ट भएको थियो । उक्त घटनामा चार जना घाइते भएका थिए । रजहर गाविस ४ बस्ने सोमान सिंह तामाङ्ग, बिन्दुमाया तामाङ्ग र निमर लामाको भने भरतपुरमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस:

0
Shares