मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चालीस किलो चरेससहित चार पक्राउ

चालीस किलो चरेससहित चार पक्राउ


धादिङ । धादिङको भूमेस्थान गाविस–६ सिम्लेस्थित पृथ्वीराजमार्गबाट प्रहरीले ४० किलो तयारी चरेस बरामद गर्नुका साथै ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
 
मंगलबार राति ९।३० बजेको समयमा भूमेस्थानको वडा नम्बर ६ सिम्ले बजारस्थित पृथ्वीराजमार्गमा शंकास्पद ढंगबाट झोला बोकेर उभिएका व्यक्तिलाई देखेपछि प्रहरीले सोधपुछ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि खानतलासी गरी प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । 
 
इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव निरीक्षक लक्ष्मण पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
 
पक्राउ परेकाबाट चार झोलामा ठूलो ३४ वटा पोका र सानो २४ पोका गरी जम्मा ४० किलोग्राम चरेस पक्राउ गरेको थियो । उनीहरुको साथमा रहेको एक लाख ६१ हजार २०० भारतीय रूपैयाँसमेत बरामद गरिएको धादिङका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले बताए ।
 
पक्राउ परेकाहरुमा भारत दरभंगा घर भएका वर्ष २० अकलेशकुमार भगत सोही स्थानका वर्ष १८ को सन्तोष पासवान यसैगरी भारत दरभंगा घर भई रुपन्देही भैरहवा बस्ने वर्ष २८ की बिटु भन्ने मधु गिरी र धादिङ जिल्ला भूमेस्थान गाविस वडा नम्बर ७ बस्ने वर्ष ३४ को शम्भु रिजाल रहेका छन् । पक्राउ परेकाहरुलाई बुधबार जिल्ला अदालतबाट म्याद थपी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।
 
राजमार्गबाट लामो समयदेखि गाँजा तथा चरेस बिक्री वितरण हुँदै आएको भन्ने सुनिएपछि रातिको समयमा प्रहरीले गस्ती बढाइ खोजी कार्य गर्दै आएकोमा मंगलबार प्रहरीले ठूलो परिणामको चरेस बरामद गर्न सकेको प्रहरी नायव उपरीक्षक पञ्जियारले बताए ।

शेयर गर्नुहोस:

0
Shares