मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आइएससँग आवद्ध प्रमुख फिलिपिनी मुसलमान नेताको मृत्यु

आइएससँग आवद्ध प्रमुख फिलिपिनी मुसलमान नेताको मृत्यु


मनिला । फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा तीन इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् । 
 
मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आइएसद्वारा चलाइएको अभियानमा ऐक्यबद्धता जनाउन र उनीहरुको मन जित्न फिलिपिन्समा सर्वसाधारणमाथि आक्रमण गर्दै आएका थिए । 
 
फिलिपिनसको अल्पसङ्ख्यक मुसलमानहरुको बस्ती रहेको मिन्डानाओमा रहेको मुसलमान समूहमध्येको एक अन्सरुल खिलाफा र अन्य विद्रोहीद्वारा चलाएका आन्दोलनमा फिलिपिन्समा कम्तिमा एक लाख २० हजार मानिसको ज्यान गएको छ । 
 
मागुइड र उनका तीन सहयोगीलाई दक्षिणी सहर मिन्डानाओ एक द्वीपमा अवस्थित होटेलमा बसिरहेको अवस्थामा पिछा गरिएको र होटेलबाट माग्ने प्रयास गर्दै गर्दा उनीमाथि गोली चलाइएको थियोे । 
 
मागुइडको सन् २०१५ समूहद्वारा फिलिपिन्सको सहरी पर्वका अवसरमा सहभागी मानिसलाई लक्षित गरी विस्फोट गराएपछि उनीमाथि सुरक्षा निगरानी बढाइएको थियो । 
 
मागुइडको समूहले सहरमा महोत्सवमा सहभागी जनतामाथि लक्षित गरी बम विस्फोट गराउँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ नागरिक घाइत भएका प्रमुख प्रमुख उपरीक्षक सेडरिक ट्रेनले बताए । 
 
ट्रेनका अनुसार ३२ वर्षीय मागुइडलाई सन् २००९ मा पक्राउ गरिएको भएपछि आठ महिनापछि जेलबाट भागेका थिए । प्रहरी प्रमुख ट्रेनले प्रहरीले सन् २०१६ को सेप्टेम्बर आक्रमणपछि उनलाई उच्च निगरानीमा राखिएको थियो । रासस/एएफपी
 

शेयर गर्नुहोस:

0
Shares