मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ब्राजिलको कारागारमा कैदीबीच झडप हुँदा ६० जनाको मृत्यु

ब्राजिलको कारागारमा कैदीबीच झडप हुँदा ६० जनाको मृत्यु


रियो डि जेनेरियो ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुदाँ ६० जनाको मृत्यु भएको छ । एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् । 
 
अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो । झडपको क्रममा जेलबाट भागेका ८४ जनालाई पुनः नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । जेलमा मृतक कैदीहरुको शव यत्रतत्र छरिएका थिए ।
 
एमाजोनास राज्यमा रहेको सो कारागारमा झडप भएपनि उनीहरुलाई अन्यत्र सार्नका लागि कारागारको खोजी भईरहेको छ । अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन् ।
 
एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेका अनुसार लामो समयको तयारीपछि यो झडप भएको जस्तो देखिएको बताए । कारागारमा भएको यो झडप वर्षौंयता ब्राजिलको बन्दी गृहभित्र भएको सबैभन्दा खराब हिंसामध्येएक भएको बताइएको छ । ब्राजिलका सबैभन्दा ठूला दुई लागू औषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए । रासस / सिन्ह्वा