मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इन्डोनेसियामा सैनिक विमान दुर्घटनामा तेह्र जनाको मृत्यु

इन्डोनेसियामा सैनिक विमान दुर्घटनामा तेह्र जनाको मृत्यु


जाकार्ता । इन्डोनेसियामा आइतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । टिमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपतकालीन अवतरण गर्नु परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।  
 
‘स्थानीय समयानुसार बिहान करिब ६ बजेदेखि विमान सम्पर्कविहीन भएको प्राविधिकहरुले बताएका छन्,’ हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भने । विमान स्थानीय समयअनुसार बिहान ६ः१३ मा अवतरण गर्ने तालिका रहेको थियो । 
 
विमानमा एकजना यात्रुसहित १२ जना रहेका थिए । तीमध्ये तीन जना विमान चालक, आठजना प्राविधिक, एकजना विमानको पथप्रदर्शक र सुरक्षा अधिकृत रहेका थिए । साथमा केही खाना पनि रहेको सुप्रियत्नले जानकारी दिए । विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविष्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनुअगाडि विमान बादलमा छिरेको उनले बताए । 
 
उद्धारकर्ताले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन् । हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ । दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन टोली घटनास्थलमा पठाई सकिएको पनि उनले जानकारी दिए ।  
 
इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यस्तै खराब मौसमका कारण इन्डोनेसियाको सुलावेसीमा गत मार्चमा भएको सेनाकै अर्को हेलिकोप्टर दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । रासस/एएफपी