मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना


टोकियो । जापानमा मङ्गलबार बिहान ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प आएको छ । सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ । 

प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन । दुईजना घाइते भएका बताइएको छ । मङ्गलबार बिहान ६ बजे भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको समाचारमा जनाइएको छ । 

धक्कापछि लगत्तै फुकुसिमा र सो वरपरका क्षेत्र मियागी, इवाता, आवोमोरीलगायतमा उद्धारका लागि सूचना जारी गरिएको थियो ।
 
त्यसलगत्तै आवोमोरी क्षेत्रमा सुनामी आएको थियो । जापानी भूगर्भ तथा जलवायू विभागले १.४ मिटरको सुनामी देखिएको जनाएको छ । सो कारणले गर्दा उक्त क्षेत्रमा सुनामीको खतराको सूचना दिइएको समाचारमा जनाइएको छ । तर पछि भने सुनामीको असर देखापरेको छैन । 
 
भूकम्पपछि मङ्गलबार बिहान कैयौँ पराकम्पनको महसुस गरिएको छ । ती पराकम्पनका कारण पनि सुनामीको खतराको सूचना हटाइएको छैन । 
सो भूकम्प १० किलोमिटर मात्र गहिराइमा आएको उक्त एजेन्सीले जनाएको छ । ती प्रभावित क्षेत्रबाट अहिले बस्ती खाली गराइएको छ र उनीहरुलाई सतर्कताका साथ रहन भनिएको छ । 
 
अधिकारीहरुले उद्धारको कार्य गरिरेहका छन् । साथै क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको उनीहरुले बताएका छन् । भूकम्पको धक्कापछि फुकुसिमाको एक पेट्रोलियम केन्द्रमा आगलागी भएको थियो । सो केन्द्रमा आगो लागेपछि त्यस वरपरका करिब ११ सय घर प्रभावित भएका छन् । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares