याङ्गोन । म्यानमारमा विगत लामो समयदेखि देखिएको जिका भाइरसको प्रकोप नघटेपछि यसका विरुद्धमा सतर्कता अपनाउन भनेको छ ।
म्यानमार सरकारले शनिबार सार्वजनिक सूचना जारी गरी भाइरसको प्रकोप भएका क्षेत्रमा सतर्कता अपनाउन र औषधि उपचारका लागि चिकित्सकलाई तयारी अवस्थामा राख्न भनेको हो ।
म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा गत हप्ता जिका भाइरसको एकजना बिरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको थियो ।
त्यसपछि शनिबार पनि सोही सहरमा अर्काे एकजना सङ्क्रमित भेटिएको थियो । याङगोन सहरमा एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको थियो ।
शनिबारमात्र पनि अर्का एक म्यान्माली नागरिकमा सो सो सङ्क्रमण भेटिएको छ । सो सङ्क्रमण लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस भाइरसको संक्रमणबाट गर्भवती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।
लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ । जिका भाइरसको सङ्क्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् । रासस / सिन्ह्वा
प्रतिक्रिया