मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको विकट कान्दामा नेपाल जर्नी पुस्तकालय निर्माण

चितवनको विकट कान्दामा नेपाल जर्नी पुस्तकालय निर्माण


चितवन । चितवनको अतिविकट क्षेत्र लोथर गाविसको वडा नं ९ कान्दा गाउँमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपाङहरुको बसोबास रहेको सो क्षेत्रका विद्यार्थीका लागि लक्षित गरी नेपाल जर्नी अमेरिकाले लाईब्रेरी निर्माण गरेको हो । 
 
नेपाल जर्नीको ३  लाख ५० हजार आर्थिक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राविधिक सहयोगमा स्थापित लाईब्रेरीको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटाले उद्घाटन गरे । 
 
लाईब्रेरी निमार्ण भएपछि स्थानीय कान्देश्वरी प्राविमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासमा ठूलो सहयोग पुग्ने देखिएको छ । विद्यालयमा १२३ जना विद्याथीहरुले अध्ययन गर्ने गरेका छन् । लाईब्रेरीले आफना बालबालिकाको शैक्षिक विकासका साथै अक्षर चिन्ने अभिभावकहरुलाई समेत पढने बानीको विकास हुने स्थानीय सीताबहादुर प्रजाले बताए । 
 
सरकारले समेत ध्यान दिन नसकेको स्थानमा नेपाल जर्नी अमेरिकाले लाईब्रेरी निमार्ण गरी चेपाङलाई माया गरेको भन्दै उनले खुसी प्रकट गरे । लाईब्रेरीमा खेलौनादेखि नयाँ–नयाँ चित्रहरुसहितका कथा कविता र अन्य अंग्रेजी नेपाली किताबहरु रहेकाले नयाँ कुरा सिक्न र ज्ञान लिन पुस्तकालय निकै महत्वपूर्ण भएको विद्याथी मनिषा प्रजाले बताइन् ।
 
पुस्तकालयमा विभिन्न प्रकाशनले प्रकाशनमा ल्याएका बालसाहित्य, कथा कविता, शिक्षणमा आधारित पुस्तक, समुदायका लागि उपयोगी सामाजिक विज्ञानमा आधारित पुस्तक, महत्वपूर्ण पुरस्कारहरु जित्न सफल पुस्तकहरु,  बजारमा सबैभन्दा बढी चर्चामा रहेका र बिक्री भएका पुस्तकहरुका साथै  १४ वर्षसम्मका बालबालिकाका लाग्ीि उपयोगी बालखेलौना सामग्रीसमेत रहेका छन् ।  
 
पुस्तकालयले विद्याथीलाई नयाँ कुरा सिक्नका साथै शिक्षकहरुलाई पनि विद्याथीमैत्री शिक्षण सिकाई क्रियाकलापमा सहयोग पु¥याउने विद्यालयका प्राधानाध्यापक बालकृष्णले थपलियाले बताए । 
 
नेपाल जर्नीले स्थापना गरेको पुस्ताकलयले चेपाङ विद्यार्थीको  शैक्षिक विकासमा ठूलो योगदान दिने उनको भनाइ छ । कार्यक्रममा बोल्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटाले लाईब्रेरीले चेपाङ्ग बालबालिकाको चारित्रिक बिकासका साथै पढने र नयाँ नयाँ कुरा खोज र अनुसन्धान गर्ने बानीको विकास गर्ने बताए । 
 
निकै विकट कान्दा गाउँमा पुगेर नेपाल जर्नीले पुस्तकालय निर्माण गरी चेपाङ्ग बालबालिकाको शैक्षिक विकासका लागि गरेको योगदान अतुलनीय भएको भन्दै उनले संस्थाको योगदानको प्रशंसा गरे । त्यस्तै स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले कान्दा र कान्देलीको विकास र त्यहाँका बालबालिकाको शैक्षिक विकासमा विभिन्न संघसंस्थाले गरेको योगदान निकै महत्वपूर्ण रहेको बताए । उनले सो क्षेत्रको विकासका लागि जिल्ला विकास समिति र लोथर गाविसबाट गरी चार लाख ५० हजार सहयोग गर्ने घोषणा गरे । 
 
गरिबीका कारण विद्यालय जानसमेत नसक्ने अवस्थामा रहेका त्यहाँका विद्याथीहरुलाई लक्ष्मी प्रतिष्ठान काठमाडाँैले सोही स्थानमा कुमार–बलराम स्मृति छात्रवास निर्माण गरी आवासीय सुविधासहित पढाइरहेको छ । सोही अवसरमा छात्रावासको समेत उद्घाटन गरिएको थियो ।
 
कान्दा गाउँ भोगोलिक हिसावले निकै विकट र स्थानीयहरु अशिक्षा र चेतनाको अभावका कारण चरम गरिबीमा बाँचेका छन् । स्थानीयहरु ६ महिना आफनो उत्पादन र ६ महिना गिठा भ्याकुर खाएर बस्न बाध्य छन् । चितवनको सदरमुकाम भरतपुरदेखि ३ घण्टा जिपको यात्रा र ६ घण्टाको निकै कष्टकर पैदल यात्रापछि सो गाउँ पुग्न सकिन्छ ।
 
२०६७ सालमा च्याउ खाएर एकै घरका आधादर्जनको मृत्यु भएपछि मितेरी फाउण्डेसन चितवनले सो गाउँ परिर्वतन र विकासका लागि अभियान सुरु गरेको थियो । पछिल्लो केही वर्षयता लक्ष्मी प्रतिष्ठान काठमाडाँैले कान्दाको विकासमा निरन्तर रुपमा काम गरेको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले बताए ।