मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन् : डब्लुएचओ

विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन् : डब्लुएचओ


जेनेभा (स्विट्जरल्याण्ड) । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्गलबार जनाएको छ । 
 
सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकीयरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा हरेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । 
 
सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताएकी छन् । सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन । 
 
विश्वका विकसित मुलुकमा भन्दा गरिब मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । “यो सार्वजनिक स्वास्थ्यको आपतकालीन अवस्था हो,” नेइराले भनिन्, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।”
 
विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ । 
 
विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहीन हावा भएको ठाउँमा बसेका छन् । एएफपी