मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वन कार्यालयले डोजर लगाएर रेडियो धादिङको भवन भत्कायो

वन कार्यालयले डोजर लगाएर रेडियो धादिङको भवन भत्कायो


धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन शुक्रबार बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।
 
गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका कारण भत्काउन नसकेकोमा शुक्रबार बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो ।
 
रातिको समयमा डोजर लगाएर भवन भत्काउँदा रेडियो धादिङ र महिला सुरक्षा भवनको कुनै सामान झिक्न पाएनन, रेडियो धादिङको सञ्चालन ग्रामीण सञ्चार सहकारी संस्थाले गर्दै आएको छ ।
 
एमालेबाट विरोध
नेकपा (एमाले) ले रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा गएराति सुरक्षाकर्मीबाट आक्रमण भएकोमा आपत्ति जनाएको छ । 
 
स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका–८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र स्थानीय प्रशासनको पूर्वाग्रह झल्किएको तथा यसले कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ । तस्बिर : सीताराम अधिकारी