मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ब्राजिलमा नयाँ राष्ट्रपति माइकल टेमर निर्वाचित

ब्राजिलमा नयाँ राष्ट्रपति माइकल टेमर निर्वाचित


बार्सिलिया । ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । 
 
पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए । 
 
निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ । नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिएको छ । 
 
गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय मह¤वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन् । यद्यपि डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उनको यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ ।
 
पहिलो, मुलुकको बढ्दो मुद्राःस्फिति नियन्त्रण गर्न एक बलिष्ठ अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन् ।
 
राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आर्जन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास  प्रशंसनीय मानिएको छ । सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए । 
 
टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बरमा जन्मिएका थिए । आठ भाइ छोरामध्ये उनी सबभन्दा कान्छो हुन् । उनी कट्टर क्रिश्चियनको रुपमा परिचित छन् । 
 
उनलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरेको छ । रासस-सिन्ह्वा